फिक्कल । रेड हर्स फुटबल क्लब इलाम प्रथम ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोश्रो सेमीफाइनल खेलमा रेड हर्स एफसीले झापाको रेड स्टार एफसीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक विवेक मगर घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । बुधबार हुने फाइनल खेलमा रेड हर्सले जुट विकास फुटबल एकेडेमी, इटहरीसँग प्रतिस्पर्धा गर्नेछ ।
जुट विकासले सोमबारको पहिलो सेमीफाइनलमा पथरी–११ मोरङलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले नगद ३ लद लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछन्।