फाकफोकथुम । जनतासँग माओवादी बिशेष रूपान्तरण अभियान घरघरमा माओवादी जन जनमा माओवादी मूल नाराका देशव्यापि अभियानका साथ नेकपा माओवादी पार्टीद्वारा तिन महिने अभियान फाकफोकथुममा शुरु भएको छ । पहिलो चरणमा फाकफोकथुममा पनि सरसफाइ तथा बृक्षारोपण गरिएको फाकफोकथुम पार्टी इन्चार्ज ओम गुरुङले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र पार्टी फाकफोकथुमले ७ वटै वडामा पार्टी इन्चार्जहरूको नेतृत्वमा वडा १ का पार्टी इन्चार्ज भोज बहादुर बोहोराको नेतृत्वमा वडा कार्यालयदेखि पञ्चमी चोख्रुम्बा बाटो सरसफाई गरिएको छ। वडा २ इन्चार्ज तथा प्रदेश पार्टी सदस्य ओम गुरुङको नेतृत्वमा स्वास्थ्य चौकी भवनमा एरियामा सरसफाई तथा फलफुलको बिरूवा तथा बृक्षारोपण गरिएको हो।

फाकफोकथुम पार्टी अध्यक्ष के बि बान्तवाको नेतृत्वमा वडा ३ को लोख्रुम्बाको आधारभूत बिधालयमा सरसफाई गरिएको हो । वडा नम्बर चारका पार्टी इन्चार्ज अरूण दर्लामी मगर तथा थुम पार्टी सहसचिव हेमकर्ण निरौलाको नेतृत्वमा बिष्णु माध्यमिक विद्यालयको एरियामा बिभिन्न जातका पचास बोट बिरुवा बृक्षारोपण गरिएको वडा चारका पार्टी अध्यक्ष चन्द्र मगरले जानकारी दिएका दिए ।

वडा ५ मा थुम पार्टी सचिव प्रकाश राईको नेतृत्वममा जलकन्या आधारभुत बिधालय जाने बाटो तथा स्वास्थ्य चौकी भवनमा सरसफाई तथा बृक्षारोपण अभियान चलाइएको थियो । ६ र ७ पनि केदार खनाल र प्रकाश परियारको नेतृत्वमा बाटो सरसफाई तथा बृक्षारोपण साथै वडा कमिटिको पार्टी प्रशिक्षण गरिएको थियो ।
