इलाम । ताप्लेजुङ गोल्डकपमा रेडहर्स इलामले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा इलामले गोर्खा स्र्पोटिङ क्लब दमकलाई २–० गोल अन्तरले हराएको हो ।
इलामको जितमा खेलको १० औ मिनेटमा युवराज राईले सुरुवाती अग्रता दिलाए । ५६ औ मिनेटमा आशिष राईले गोल गरेपछि इलाम सेमीफाइनल पुगेको छ । खेलको म्यान अफ दी म्याच इलामका आशिस राई घोषित भए ।
इलामले जितसंगै फाइनल प्रवेशका लागि युकेएफसी दार्जिलिङ र रेडस्टार क्लब विर्तामोड बिचको बिजेतासंग खेल्नेछ । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा फिदिम स्र्पोटिङ क्लब र पथरी–११ एफसी मोरङ बिच प्रतिस्पर्धा हुनेछ ।