Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बजेट अभावले अलपत्र पर्यो वृद्धाश्रम

बजेट अभावले अलपत्र पर्यो वृद्धाश्रम

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ ५ २०७४


बजेट अभावले अलपत्र पर्यो वृद्धाश्रम

इलाम । बजेट अभाव भएपछि पूर्वी इलामको सुर्योदय नगरपालिकामा निर्माणाधिन बृद्धाश्रम निर्माण कार्य अलपत्र परेको छ । दूई रोपनी जग्गामा २०६९ सालबाट निर्माण थालिएको बृद्धाश्रमको भवन आर्थिक अभावले अलपत्र अवस्थामा पुगेको हो ।
स्थानिय हेम सुवेदी र भक्ती सुवेदीले निःशुल्क दान दिएको १ रोपनी जग्गामा बृद्धाश्रमको भवन स्थानीय मंगलज्योती सेवा प्रतिष्ठानले निर्माण थालेको थियो । एक करोड खर्च गरेर ४ तले पक्की भवन बनाउने उद्धेश्यका साथ सुरु गरिएको बृद्धाश्रम निर्माणमा हालसम्म ३० लाख रुपैया खर्च भएको निर्माण समितीका अध्यक्ष देविप्रसाद उप्रेतीले बताउनुभयो ।
३० जना वृद्धवृद्धा र असक्तहरुलाई सहारा निशुल्क खाने बस्ने व्यवस्था रहने बुद्धाश्रम निर्माणका लागी सहयोग प्राप्त नहुँदा निर्माण कार्य अलपत्र परेको निर्माण समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार