Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

वाणिज्य वैकको ५३ औँ बार्षिक उत्सवमा न्यानो कपडा वितरण

वाणिज्य वैकको ५३ औँ बार्षिक उत्सवमा न्यानो कपडा वितरण

  • सन्देश सम्बाददाता
  • बिहिबार, माघ ११ २०७४


वाणिज्य वैकको ५३ औँ बार्षिक उत्सवमा न्यानो कपडा वितरण

इलाम । राष्ट्रिय वाणिज्य वैकको ५३ औ वार्षिकउत्सवको अवसरमा इलाम नगरपालिका स्थित माई भगवति वृद्धाश्रममा न्यानो कपडा वितरण गरिएको छ ।

वाणिज्य वैक फिक्कल, इलाम र पशुपतिनगर शाखाको संयुक्त आयोजनामा वृद्धाश्रममा रहेका १२ जना वृद्धवृद्धालाई न्यानो कपडा, चामल र फलफुल वितरण गरिएको बाणिज्य बैंक फिक्कल शाखाका प्रबन्धक तारा सापकोटाले बताए । न्यानो कपडा हस्तान्तरण कार्यक्रममा इलाम, फिक्कल र इलाम शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

बार्षिकउत्सवकै अवसरमा माईखोलमा बैंकका कर्मचारीहरुबिच विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम पनि आयोजना गरिएको थियो । बाणिज्य बैंकले यस अघिका बार्षिकउत्सवमा पनि सोही वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार