Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ३ को लेप्चाको इतिहास संरक्षण (तस्बिरहरु) 

सन्दकपुर ३ को लेप्चाको इतिहास संरक्षण (तस्बिरहरु) 

  • सन्देस सम्बाददाता
  • आइतबार, साउन २८ २०८०


सन्दकपुर ३ को लेप्चाको इतिहास संरक्षण (तस्बिरहरु) 
सन्दकपुर (खरिबोटे) लोपउन्मुख लेप्चा जातिको इतिहास बोकेको इलामको सन्दकपुर ३ स्थित सुतुलुङ ढुङ्गा संरक्षण शुरु भएको छ । ऐतिहासिकस्थल संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सुतुलुङ्ग ढुङ्गा कोशी प्रदेश सरकारबाट संरक्षण शुरु भएको हो ।सन्दकपुर गाउँपालिका ३ को खरिबोटे बेंसिमा रहेको सुतुलुङ्ग ढुङ्गा संरक्षणको काम शुरु भएको छ । कोशी प्रदेश सरकारले ऐतिहासिकस्थल संरक्षणका लागि दुई आर्थिक वर्षबाट पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको हो ।
सुतुलुङ्ग शिरीजङ्गा पार्क पर्यटन पूर्वाधार समिति मार्फत पार्क निर्माणको काम हुँदै आएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय पर्यटन विकास आयोजना मार्फत हरेक वर्ष पूर्वाधार निर्माणको काम हुँदै आएको उपभोक्ता समितिका सचिव सोम साउदेनले बताए ।
सुलुतुलुङ्गको खरिबोटे क्षेत्रमा पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्न यहाँका आदिवासी जनजाति समूदाय पनि सक्रिय भएका छन् । यहाँ लिम्बु जातिको बसोबास बाक्लो रहेको छ ।  ऐतिहासिक सांस्कृतिक सम्पदा सुतुलुङ्ग ढुङ्गाको सरक्षण गरि अहिले पार्क निर्माण र घेराबारा गर्ने काम सकिएको छ । परापुर्वकालमा लेप्चाहरुको बसोबास रहेको पाइन्छ ।  लेप्चा समुदायमाथि थिचोमिचो भएपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतुलुङ्ग ढुङ्गा नामाकरण गरिएको स्थानीय महेन्द्र साउदेनले बताए ।
सुतुलुङ्ग क्षेत्रमा पनि लोभलाग्दो खाध्यबाली उत्पादन दिने खरिबोटे बेंसी भनिन्छ । लिम्बु भाषामा सुतु अर्थ सुत्केरी र लुङ्गको अर्थ ढुङ्गा भनिन्छ । आफ्नो थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको इतिहास छ ।
खरिबोटे क्षेत्रमा व्यवसायीक रुपमा बाह्रै महिना खाध्यबाली र तरकारी खेती गरि आर्थिक उपार्जन गर्ने प्रशस्त संम्भावना रहेकाले सन्दकपुर ३ को टारी क्षेत्र र खरिबोटे बेसिं क्षेत्रमा फुड फेष्टिबलनको आयोजना गरि पर्यटन प्रवद्र्धनको काम गर्ने वडाध्यक्ष लिला बहादूर बुर्जाले बताए । उनले भने– सुन्दर बेंसि र ऐतिहासिक सुतुलुङ्ग ढुङ्गाको माध्यमबाट पर्यटन प्रवद्र्धनमा हामी लागि परेका छौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार