नयाँबजार । प्राणघातक रोग क्यान्सर सग लडिरहेकी इलाम सूर्योदय नगरपालिका –१ गोर्खे निवासी डाल्मू शेर्पाले आर्थिक सहयोगको अपिल गरेकी छन् । उपचारमा धेरै रकम खर्च भएकाले थप उपचारका लागि उनले आर्थिक सहयोगको अपिल गरेकी हुन् ।
बाँच्न रहर हुँदाहुँदै पनि ५५ बर्षिय डाल्मु प्राणघातक रोग स्तन क्यान्सरसंग बिगत ३ बर्ष देखी शेर्पा लडिरहेकी छन् । पूर्वाञ्चल क्यान्सर अस्पताल झापामा उपचार गराइरहेकी शेर्पाको भर्खरै शल्यक्रिया सम्पन्न भएको छ । शल्यक्रियापछि उनलाई चाडै रेडियो थेरापी चढाउन डाक्टरले सल्लाह दिएका छन् ।
उपचार गराउँदा गराउँदै भएको आर्थिक लगायत सबै सकिएपछी रेडियो थेरापी गराउन आर्थिक अभाव भएको छोरा वाङ्दी शेपाले बताए । आमाको उपचारमा सहयोग गर्न उनले सबैसामू आग्रह गरेका छन् ।
घरको आर्थिक अवस्था एकदमै कमजोर भएको र विगत ३ बर्ष देखि आमाको उपचार गर्दा भएको सम्पूर्ण सम्पती सकिएपछि थप उपचारमा समस्या भएको उनले बताए । ‘अप्रेसन त सकियो अब चाडै नै रेडियो थेरापी गराउनुपर्छ डाक्टरले भनेका छन् । आफुसग भएको सबै सम्पती सकियो वडाबाट पनि सिफारिस बनाएर आर्थिक संकलन गर्दै छौ’ शेर्पाले भने ।
सहयोग गर्न इच्छुक ब्यक्ति तथा संघसंस्थाले राष्ट्रिय वाणिज्य बैंकमा छोरा वाङ्दिको नाममा रहेको खाता नं 2280100052198010 मा सहयोग गर्न सकिने छ । शेर्पालाई सहयोग गर्ने मनहरुले 9863613752 मा सम्पर्क गर्न समेत सकिने बताएका छन् ।
