Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाबाट स्थापना भएका खुल्ला जिम हाउस प्रभावकारी (तस्बिरहरु) 

इलाम नगरपालिकाबाट स्थापना भएका खुल्ला जिम हाउस प्रभावकारी (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन २५ २०८०


इलाम नगरपालिकाबाट स्थापना भएका खुल्ला जिम हाउस प्रभावकारी (तस्बिरहरु) 
इलाम । इलाम नगरपालिकाले खुल्ला क्षेत्रको पहिचान गरि खुल्ला जीम निर्माण गरेपछि केटाकेटिदेखि युवायुवतिसँगै वृद्धहरुको समेत आकर्षण बढेको छ । शहरी क्षेत्रमा खुल्ला जीमको माग भएपछि इलाम नगरपालिकाले इलाम चिया बगान र महेन्द्र रत्न बहुमुखि क्याम्पस परिसरमा खुल्ला जिम निर्माण गरेको हो ।
इलाम चिया बगान क्षेत्रमा नगरपालिकाले खुल्ला जिम हाउस चार वर्षअघिबाट संचालित छ । इलाम बजारको नजिकै रहेको चिया बगानमा नगरपालिकाले खुल्ला जिम हाउस निर्माण गरको थियो ।
जिम हाउसमा दैनिक पर्यटक र इलाम बजारबासीले व्यायाम गर्दै आएका छन् । चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारबासी, निजामति कर्मचारीहरु दैनिक रुपमा बिहानपख (मर्निङ वाक) गर्ने भएकाले खुल्ला जिम हाउसमा आकर्षण समेत बढेको  युवा सजिंव निरौलाले बताए ।  खुल्ला जिम हाउस चिया बगानको धुराबस्ति क्षेत्रमा निर्माण गरिएको छ ।
बगान क्षेत्रका खुल्ला ठाउँको पहिचान गरिे पर्यटन पूर्वाधार र खुल्ला जिम हाउसले निर्माणले केटाकेटीदेखि वृद्धवृद्धाको व्यायमशाला भएको छ । नगरपालिकाबासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने इलाम नगरपालिका योजना अनुसार खुल्ला जिम हाउस थप्दै आएको नगर प्रमुख केदार थापाले बताए ।
नगरपालिकाबाट महेन्द्र रत्न बहुमुखि क्याम्पसमा खुल्ला व्यायामशाला बनाइएको छ । पूर्वी पहाडी जिल्लाको प्रमुख शैक्षिक केन्द्रको रुपमा स्थापित महेन्द्र रत्न बहुमुखि क्याम्पसमा खुल्ला ब्यायमशाला स्थापना भएको हो ।
‘स्वस्थ जीवन बाचौ’ अभियान लिएर नगरले वडा नं ७ को महेन्द्र रत्न बहुमुखी क्याम्पस परिसरमा सो व्यायामशाला निर्माणले बजारबासीसँगै विद्यार्थीको भिड लाग्ने गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासी साथै क्याम्पस पढ्न आउने बिद्यार्थीका लागि खुला व्यायामशालाले सुविधा थपेको व्ययामसाला पुग्ने युवा सन्दिप प्रधानले बताए ।
व्यायामशालामा कुनै शुल्क तिर्नु पर्दैन ।
व्यायामशालामा विभिन्न आधुनिक उपकरण राखिएको छ । व्यायामशाला युवादेखि बृद्धासम्मका लागि खुला गरिएकाल बजारबासीलाई सहज भएको हो । खानपान र जीवनशैलीमा आएको परिवर्तनले व्यक्तिमा विभिन्न प्रकारको दीर्घरोग बढिरहेको अवस्थामा स्वस्थ जीवन जिउनका लागि नियमित शारीरिक अभ्यासमा व्यायामशालाले उत्प्रेरित गर्ने नगरपालिकाको योजना छ । दुवैवटा जिम हाउसमा विहान बेलुका नै इलामबासी व्यायामका लागि पुग्ने गरेका छन् । महेन्द्र रत्न बहुमुखि क्याम्पसमा जिम हाउस निर्माणले विद्यार्थीहरुमा पनि सहयोग पुगेको क्याम्पसका स्ववियु सचिव राजेन्द्र लोहारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार