Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पदमार्गले जोडियो पर्यटकीय क्षेत्र छिन्टापु सन्दकपुर (तस्बिरहरु) 

पदमार्गले जोडियो पर्यटकीय क्षेत्र छिन्टापु सन्दकपुर (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • आइतबार, साउन २१ २०८०


पदमार्गले जोडियो पर्यटकीय क्षेत्र छिन्टापु सन्दकपुर (तस्बिरहरु) 
सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पदमार्गले जोडिएको छ । संघीय सरकारले माईपोखरीबाट सन्दकपुर ढाकपोखरी जोड्ने पदमार्गको छिन्टापु सन्दकपुर खण्ड निर्माणको काम पुरा गरेको हो ।
कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर पदमार्गबाट जोडिएको छ । रामसार क्षेत्र माईपोखरीबाट शुरु भएको पदमार्ग निर्माण पुरा  भएसँगै भारतीय पर्यटकहरुको आवतजावत बढेको हो ।
५० किलोमिटर लामो पदमार्गको छिन्टापु सन्दकपुर आहाल जोड्ने खण्ड निर्माण पुरा भएपछि अहिले पर्यटकहरु पदयात्रा शुरु गरेका हुन् । पदयात्रामा अहिले भारतीय पर्यटक बढी छन् । भारतीय पर्यटकहरुले माईपोखरी सन्दकपुर पदमार्ग पदयात्राका लागि राम्रो गन्तव्य भएको कलकत्ताबाट पदयात्रामा आएका पर्यटक दिनेश सरकारले बताए ।
माईपोखरी छिन्टापु पदमार्ग एक वर्ष अघि जोडिएको थियो । छिन्टापुबाट सन्दकपुरको आहालसम्म १० किलोमिटर पदमार्ग गत आर्थिक वर्षमा निर्माण पुरा भएको हो । पदमार्ग निर्माण भएपछि पर्यटक आवतजावत बढेको छ । ५ वर्ष अघि पदयात्रा गर्न कठिन भएपनि अहिले सहज भएको पदयात्री प्रविन तिमसिनाले     बताए ।
पदमार्ग निर्माणसँगै अहिले विद्युत विस्तारको काम पनि हुँदै आएको छ ।
पदमार्गसँगै पर्यटक आराम गर्ने गेष्ट हाउस पनि निर्माण भएको सन्दकपुर २ वडाअध्यक्ष सनम राईले बताए । पदयात्रा क्रममा प्राकृतिक सुन्दरता, रेडपाण्डा, चाराहरुको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकहरुको आकर्षण बढेको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।  समुद्र सतहको १६ सय मिटर देखि ३६ सय ३६ मिटरको उचाईसम्म यात्रा गर्न सकिन्छ ।
यात्रा गर्दा हिमाली दृश्य, सुर्योदय, सुर्यास्त र लेकाली फुलहरुको दृश्यावलोकन गर्न सकिने सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
पदयात्रा निर्माण भएपनि कतिपय ठाउँमा थप पूर्वाधार निर्माण गर्नुपर्ने पर्यटकहरुको माग रहेकाले छिन्टापुमा गेष्टहाउस निर्माण गरिने सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार