इलाम : अखिल नेपाल फुटबल संघ ।९एन्फा० मा क्लबहरूले शहीद स्मारक लिगको वक्यौता रकम उपलब्ध गराउन माग गरेका छन्। शहीद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका २६ क्लबले पाँच करोड ३१ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउन माग गरेका हुन् ।
दुई सिजन देखिको लिगको रकम उपलब्ध गराउन उनीहरुको माग छ । बिहीबार क्लबले एन्फा महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बझाएका हुन् । एन्फाले क्लबहरुलाई २०७७/०७८ र २०७९/०८० लिगको बक्यौता रकम बुझाउन बाँकी छ ।
‘ए’ डिभिजन क्लबहरूलाई २०७७/०७८ को लिगमा ९७ लाख ५० हजार र २०७९र०८० को लिगमा २ करोड ४५ लाख गरि कुल ३ करोड ४२ लाख ५० हजार रकम दिन बाँकी छ ।
‘बी’ डिभजन लिगका क्लबहरुलाई पनि एन्फाले २०७७/०७८ को लिगमा ९१ लाख तथा २०७९/०८० को लिगमा ३५ लाख गरी चर्च ब्वाइज युनाइटेड र खुमलटार युथ क्लबको जोडेर कुल एक करोड २६ लाख पनि भुक्तान गरेको छैन।
त्यस्तै ‘सी’ डिभिजन क्लबहरुले २०७७/०७८ लिगको ६३ लाख रकम पाउन बाँकी छ । यो सबै रकम समयमा नै उपलब्ध गराउन तीन लिग क्लबहरूले माग गरेका छन्।