Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

एन्फामा कर्मचारीको तलब बढाउन हतार, खेलाडीको वास्तै छैन

एन्फामा कर्मचारीको तलब बढाउन हतार, खेलाडीको वास्तै छैन

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ११ २०८०


एन्फामा कर्मचारीको तलब बढाउन हतार, खेलाडीको वास्तै छैन

इलाम : अखिल नेपाल फुटबल संघले केन्द्रीय कार्यसमितिको साउन १९ गते बैठक आह्वान गरेको छ। बैठकमा विभिन्न ११ एजेण्डा समावेश छन्, जसमध्ये कर्मचारीको तलब वृद्धिलाई महत्त्व दिइएको छ। एन्फालाई कर्मचारीको तलब बढाउने हतारो रहँदै गर्दा खेलाडीको सुविधा समेत एन्फाको प्राथमिकतामा छैन।

एन्फामा पंकज नेम्वाङ नेतृत्व आएपछि आफूखुशी तलब बढाउनेलगायतका विधानविपरीत कार्य हुँदै आएको छ। एन्फामा पंकजविक्रम नेम्वाङ नेतृत्वमा आएपछि पहिलो बैठकबाट नै अवैधानिक कार्य शुरु गरेका थिए।

एन्फा विधानको धारा २४ र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लाई मिचेर जर्मन नागरिक नविन पाँडेलाई विदेश विभागप्रमुखको जिम्मेवारी दिनेदेखि पूर्व प्रवक्ता किरण राईलाई महासचिव बनाउनेसम्मको पहिलो बैठकको निर्णय थियो। एन्फामा महासचिव कर्मचारी पद हो।

महासचिव नियुक्त भएपछि राईले मासिक एकलाख २० हजार रुपैयाँ तलब बुझ्दै आएका छन्। वर्तमान अध्यक्ष नेम्वाङ र महासचिव राई तिनै व्यक्ति हुन्, जसले तत्कालिन महासचिव इन्द्रमान तुलाधरले लाख बढी तलब लिने गरेको भन्दै सार्वजनिकरूपमा आलोचना गर्ने गरेका थिए। तर राईको आफू पदमा बसेपछि भने तुलाधरलाई समेत माथ दिने गरी तलब लिँदैछन्।

राईको तलब कार्य समितिले अनुमोदन गरेको छैन। गत कार्तिक २८ गतेको बसेको तेश्रो बैठकबाट प्रवक्ता सुरेश शाहको ६५ हजार तलबलाई भने कार्य समितिले अनुमोदन गरेको छ। ‘ आर्थिक वर्ष २०७९र८० मा महासचिवले आफूखुशी तलब बढाएका छन्। महासचिवको तलबलाई एन्फाले स्वीकृति दिएको छैन। प्रवक्ताको स्वीकृति गरेको हो’, एन्फाका एक सदस्यले भने।

आर्थिक संकटबाट गुज्रिरहेको एन्फाले बर्सेनी कर्मचारीको तलब बढाए पनि खेलाडीको सुविधा बारे भने मौन छन्। एन्फामा कर्माछिरिङ शेर्पा नेतृत्वमा रहँदा २०७७ मंसिरमा राष्ट्रिय टोलीका पुरुष तथा महिला खेलाडीको तलब समान १८ हजार तोकेको थियो। ‘महिला र पुरुष खेलाडीको समान सुविधा विश्व फुटबलको क्रान्तिकारी कदम’ भन्दै आएका नेम्वाङ नेतृत्वमा आएपछि खेलाडीको मुद्दामा मौन छन्।

दुई वर्ष आठ महिनासम्म खेलाडीको सेवा सुविधा यथावत् रहँदा पदाधिकारी र कर्मचारी भने बर्सेनी सेवा सुविधा बढाउनमै ध्यान छ। सुशासन र पारदर्शिताको नारा बोकेर चुनाव जितेका पंकज विक्रम नेम्वाङले खेलाडीलाई नियमितरूपमा तलब दिन सकेका छैनन्। ‘केही महिनाको तलब अझै पाएको छैन्। भत्ता र पुरस्कारको उधारो लामै छ। कहिले हाल्ने हो थाहा छैन।’ राष्ट्रिय टोलीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा भने।

साउन १९ गतेको बैठकमा कर्मचारीको तलब बृद्धिका अतिरिक्त साफ यू–१९ च्याम्पियनसिपको आयोजनादेखि जिल्ला लिग, बी र सी डिभिजन लिग, महिला लिग लगायतका एजेण्डामा बैठकमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। कार्यसमिति बैठकले महिला फ्रेन्चाइज लिग सञ्चालनको अधिकार, फुटसल लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइटसको स्वीकृति लगायतको निर्णय गर्ने कार्यसूची छ।

प्रतिक्रिया
सम्बन्धित समाचार