फिक्कल । कोशी प्रदेशको नेपाली साहित्यको अभिलेखन ग्रन्थ लोकार्पण भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा गणेश रसिक फाउन्डेशनले प्रकाशन गरेको पुस्तकको एक कार्यक्रमका बिच प्रदेशको पुर्व संस्कृति तथा पर्यटन मन्त्री एब बर्तमान सांसद खिनु लङवा लिम्बुले लोकार्पण गरिन् ।
प्रकाशित पुस्तकमा कोशी प्रदेशको १४ वटै जिल्लाका नेपाली साहित्य साहित्यकार लगायतको बारेमा विस्तृत एवम चर्चा खोज गरिएको छ । पुस्तक समग्रमा कोशी प्रदेशको नेपाली साहित्यको बारेमा एक बिशेष दस्ताबेज नै भएको प्रधान सम्पादक रसिकले जानकारी दिए ।
बरिष्ठ साहित्यकार गीतकार गायक तथा संगीतकार गणेश रसिक प्रधान सम्पादक रहेको पुस्तकमा फाउण्डेशनका महासचिव तथा लेखक सुर्दशन श्रेष्ठ कार्यकारी सम्पादक रहेका छन् । पुस्तकको सम्पादक मण्डलमा प्रधुम्न जोशी , लक्ष्मि राई , डा. उद्धव राई रहेका छन् ।
पुस्तकमा झापाको नेपाली साहित्यको ऐतिहासिक रुपरेखा प्रा डा गंगा प्रसाद अधिकारीले लेखेका छन् ।
जिल्लाहरुको सन्दर्भमा तेह्रथुमको नेपाली साहित्यबारे रविमान लम्जेल , भोजपुरको वाङ्मय सर्वेक्षण डा विप्लव ढकाल , सङखुवासभाका कवि र कविता डा मातृका तिमल्सिना , उदयपुरको साहित्य बिगत देखि बर्तमान सम्म कौशल चेम्जोङ्ग ,खोटाङ जिल्लाको नेपाली साहित्यको अवस्था डा धनप्रसाद सुबेदी , ओखलढुङगाको साहित्यिक इतिहास एक सर्वेक्षण चेतनाथ धमलाले लेखेका छन् ।
सोलुखुम्बुको नेपाली साहित्यको प्रारम्भ र विकासक्रम बारे हरि कट्टेलले लेखेका छन् । समग्रमा कोशी प्रदेशको नेपाली साहियको अवलोकन सुर्दशन श्रेष्ठले लेखेका छन् ।
यस्तै इलामको नेपाली साहित्यको इतिहास एक पर्यावलोकन डा देवि क्षेत्री दुलाल , पाचँथर जिल्लाको संक्षिप्त साहित्य इतिहास सरस्वती दुमी राई र मधुराज केरुङ ताप्लेजुङ जिल्लाको साहित्य परिचय टकं श्रेष्ठ , मोरङमा नेपाली साहित्य दधिराज सुबेदी , सुनसरीको साहित्य इतिहास प्रा. डा भोलानाथ पोेखरेल , धनकुटाको साहित्यिक झलक प्रा डा गोपाल बहादुर भट्टराईले लेखेका छन् ।
पुस्तकमा समेटिएका सबै लेखहरुमा लेखकले आफनो जिल्लाको समग्रमा सबै लेखक सर्जक साहित्यकार तथा ने्पाली साहित्यको विगत देखि बर्तमान सम्मको विवरण समेटेको कार्यकारी सम्पादक श्रेष्ठले जानकारी दिए ।
इलामको सूर्योदय नगरपालिकाको सभाहलमा फाउण्डेशनका अध्यक्ष गणेश रसिकको अध्यक्षता तथा पुर्व मन्त्री एवम प्रदेश सांसद खिनु लङवा लिम्बुको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा सूर्योदय नगरपालिका नगरप्रमुख रण बहादुर राई जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराईली प्रदेश भरिका बिभिन्न साहित्कारहरु लेखक कवि समालोचक तथा पाठकको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री लिम्बुले आफु संस्कृति पर्यटन मन्त्री भएको समयमा प्रस्ताव माग गर्दा गणेश रसिक फाउण्डेशन मार्फत निक्कै राम्रो प्रस्ताव आएको र त्यसलाई स्वीकृत गरेर काम अगाडी बढाएको बताइन् । कम बजेटमा यतिका गहन र महत्वपुर्ण पुस्तक आउला भन्ने आफुले नसोचेको तर आज पुस्तक र साहित्यकारहरुको प्रतिकृया देख्दा आफु निक्कै उत्साहित भएको उनले बताइन् ।
पुस्तक प्रकाशनको लागि प्रधान सम्पादक साहित्यकार तथा फाउण्डेशन अध्यक्ष गणेश रसिक र कार्यकारी सम्पादक सुर्दशन श्रेष्ठ लगायत उनको सम्पुर्ण टिम लेखकको उच्च मेहनतको कारणबाट मात्रै यतिका राम्रो पुस्तक आएको भन्दै प्रकाशन टिम लेखक र फाउण्डेशनलाई धन्यवाद दिइन् । आगामी दिनमा पनि प्रदेशको तर्फबाट नेपाली साहित्यको श्रीबृद्धिको लागि आफु सधै आवज उठाईरहने प्रतिबद्धता जनाइन् ।
उनले यो पुस्तकले प्रदेश सरकार सघं सरकार , प्रदेशको सबै स्थानिय तह जिल्ला समन्वय समिति बिद्यालय लगायत पाठकको लागि महत्वपुर्ण दस्ताबेजको रुपमा काम गर्ने भएकोले सबैकोे लागि उपलब्धिमुलक हुने बताइन् । पुस्तकमा वौद्धिक लेखकको लेखन अनुभव सम्पादन मण्डलको सम्पादकीय भएको कारण पुस्तक भित्रको खुराक आफैमा गहन रहेको र नेपाली साहित्यको लागि यो अति ठुलो उपलब्धी भएको लिम्बुको भनाई छ ।
कार्यक्रममा विशेष अतिथी सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले यस्ता इतिहास बोकेको पुस्तकहरु चिरकाल सम्मको लागि महत्पुर्ण दस्ताबेज हुने भएकोले कोशी प्रदेशको नेपाली साहित्यको बारेमा प्रकाशित पुस्तक नेपाली साहित्य जगतको क्षेत्रमा निक्कै ठुलो उपलब्धी भएको बताए ।
मानिसले जन्म लिए पछि आवश्यक पर्ने ज्ञान पुस्तकबाट नै धैरै पाउने भएकोले यस्ता महत्वपुर्ण पुस्तकहरुले समाजमा सकरात्मक सन्देश दिने पुस्तक कोशी प्रदेशकै ठुलो उपलब्धी र प्रदेशकै सम्पतीको रुपमा लिनु पर्ने राईको भनार्ई छ । उनले पहिचान अस्तित्व आफनो पृष्ठभुमिको ज्ञानको लागि यो पुस्तक महत्वपुर्ण हुने बताए ।
यसको परिकल्पनाकार गणेश रसिक र फाउण्डेश टिम लेखन तथा प्रदेश सरकारलाई धन्यवाद दिँदै छुटेका कुराहरु भए समेटेर दोस्रो प्रकाशन ल्यानको लागि बजेट ब्यवस्थापनको लागि कोशी प्रदेश सरकार संग आग्रह गरे । उनले नेपाली साहित्को उत्थान विकासको लागि सूर्योदय नगरपालिकाले पनि निक्कै महत्वका साथ काम गरिरहेको भन्दै यस्ता राम्रा कामको लागि आफनो क्षमता अनुसारको साथ सहयोग गर्न नगरपालिका सधै प्रतिबद्ध रहेको बताए ।
बरिष्ठ साहित्कार गायक तथा संगीतकार एबं पुस्तकको प्रधान सम्पादक गणेश रसिकले समाजमा केहि सकरात्कम कार्य गर्ने उदेश्यका साथ फाण्डेशन स्थापना गरेको जानकारी दिदै कला साहित्य सगींत तथा समाजमा सकारात्मक कार्यको लागि फाउण्डेशनले आफनो गतिबिधि अगाडी बढाउदै लगेको बताए ।
आर्थिक बर्षको अन्तिम अन्तिम समयमा प्रदेश सरकारसगँ सम्झौता भएकोले निक्कै रफतारमा काम गर्नु पर्ने बाध्यताका कारण पनि केहि कमि कमजोरी त्रुटि भएको भन्दै आगामी दिनमा यसलाई सच्याउदै लगिने बताए । उनले पुस्तक प्रकाशनको लागि बजेट ब्यवस्थापनकोे माध्यम बनेकोमा तत्कालिन प्रदेश सरकारको संस्कृति पर्यटन मन्त्री एब सांसद लिम्बुलाई धन्यवाद दिए ।
उनले १४ वटै जिल्लाका लेखकहरुले छोटो समयमा निक्कै मेहनत गरेर लेख पठाईदिने लेखक कार्यकारी सम्पाद सुर्दशन श्रेष्ठ सबै सम्पादन मण्डल कोशी प्रदेश सरकारलाई धन्यवाद दिए । रसिकले आगामी दिनमा गणेश रसिक फाउण्डेशनले अरु पनि बिभिन्न योजना बनाएर काम गरिरहेको जानकारी दिदै सबैको साथ सहयोग पाए ति कार्यहरु पनि क्रमश पुरा गर्दै लगिने बताए । निकट भविष्यमा प्रदेश स्तरीय कवि गोष्ठी समेत राख्ने उनले बताए ।
कार्यक्रममा पुस्तकको बारेमा समिक्षा गर्दै बरिष्ठ पत्रकार लेखक चन्द्र भण्डारीले पुस्तक नेपाली साहित्य क्षेत्रको लागि एक महत्वपुर्ण उपलब्धी भएको बताए । उनले यस कार्यकाका लागि प्रदेश सरकार राम्रो भिजन परिकल्पना तथा उस्तै मेहनतको लागि सर्जक गणेश रसिक तथा गणेश रसिक फाउण्डेशनलाई धन्यवाद दिए । उनले पुस्तकमा अझै धेरै कुरा छुटेको कतिपय आउनै पर्ने लेखनहरुको नामावली पनि नभएको भएपनि आएका कुराहरु अथक मेहनतबाट सम्भव भएको बताए ।
भण्डारीले यसरी समग्र प्रदेश भरीको नेपाली साहित्यको बारेमा एकै पुस्तकमा पढन पाउनु लेखक पाठक वा सरोकारवाल सबैका लागि निक्कै महत्वपुर्ण भएको भन्दै यस पुस्तकले नेपाली साहित्यको कद सगरमाथा झै उच्च बनाएको बताए । उनले छुटेका कुराहरु पनि समेटेर पुस्तको भाग २ वा संसोधन सहित दोस्रो प्रकाशन ल्याउने पर्ने र त्यसको लागि बजेट ब्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरे ।
कार्यक्रममा अर्का समिक्षक लेखक केपि ढकालले पुस्तक नेपाली साहित्यको लागि वाङमय ग्रन्थ भएको भन्दै एकै पुस्तकमा प्रदेशको सबै साहित्यको अभिलेखन पढन पाउनु कोशी प्रदेशको लागि मात्र हैन समग्रमा नेपाली साहित्य क्षेत्रकै लागि अतुलनिय उपलब्धी भएको बताए । उनले एक पटक सबै पुर्ण हुन नसक्ने भन्दै केहि आउनै पर्ने नामहरु छुटेको भए पनि त्यलाई दोस्रो प्रकाशनमा समेटन पर्ने बताए ।
एकै पुस्तकमा यसरी सबै साहित्यका अभिलेखन गर्ने परिकल्पना नै आफैमा महान सोच भएको उनको भनाई छ । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चिकाला बराईलीले प्रदेशको मात्र नभएर समग्र नेपालकै लागि पुस्तक महत्वपुर्ण सम्पती भएको भन्दै यस्ता राम्रा र सफल कामको लागि प्रदेश सरकार गणेश रसिक फाण्डेशन लेखक सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रममा कवि डिल्ली सुबेदी , पुस्तकमा झापाको नेपाली साहित्यको ऐतिहासिक रुपरेखाका लेखक प्रा डा गंगा प्रसाद अधिकारी तेह्रथुमको नेपाली साहित्यबारे लेखक रविमान लम्जेल ,साहित्कार तथा सञ्चारकर्मि सिरो सान्दाई , इलाम साहित्य संघका अध्यक्ष प्रकाश थाम्सुहाङ कवि छवि बैरागी, बिमल बैद्य लगायतले बोल्दै पुस्तक प्रकाशन पछि कोशी प्रदेशको मात्र नभएर समग्र नेपाली साहित्य क्षेत्रको शीर उच्च भएको बताए । लोकार्पण समारोहमा साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।