इलाम, । इलाम नगरपालिका–१ साखेजुङमा १० दिने चियाबारी व्यवस्थापन तथा गुणस्तरिय चिया प्रशोधन र प्याकेजिङ तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समितीको आयोजना र स्थानिय शान्ति समिती इलामको सहयोगमा चिया वस्तु विकास केन्द्र साखेजुङको सभाहलमा तालिम सुरु भएको हो । तालिममा इलाम र पाँचथरका ६ जना द्धन्द्धपिडित सहित २० भन्दा बढी चिया उद्यमी र किसानहरुको सहभागिता रहेको छ । तालिमलाई चिया विस्तार योजना फिक्कलका विवेक भण्डारी र शिवप्रसाद घिमिरेले सहजिकरण गरिरहेका छन ।
घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी स्थानिय शान्ति समितीका पुर्वसंयोजक भक्त केसी र विशेष अतिथी इलाम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष इश्वर चिपालु रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष कोकिला ढकाल, स्थानिय शान्ति समितीको पुर्वसंयोजक बसन्ती घतानी, उद्यमी मिलनकुमारी खत्री, मोतीराम दाहाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका वक्ताहरुले इलामको पहिचान चिया क्षेत्र नयाँ प्रविधी र लगानीको अभावमा प्रर्वद्धन हुन नसकेकोमा जोड दिए । उनीहरुले अनुगमन नहुँदा साखेजुङमा निर्माणाधिन चिया विकास केन्द्रको भवन निर्माणमा ढिलाइ भइरहेको बताए । तालिम जेठ १० गते समापन हुनेछ ।