Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

राँके स्मृति फुटबलको उपाधि गोदक एफसीले जित्यो

राँके स्मृति फुटबलको उपाधि गोदक एफसीले जित्यो

  • किरण राई
  • मंगलबार, साउन २ २०८०


राँके स्मृति फुटबलको उपाधि गोदक एफसीले जित्यो

सन्दकपुर : राँके स्मृति नकाउट फुटबल प्रतियोगिता २०८० को उपाधि गोदक एफसीले जितेको छ । सन्दकपुर गाउँपालिका—४ माबुमा भएको प्रतियोगिताको फाइनल खेलमा युनाइटेड इलामलाई टाइब्रकेरमा हराउँदै गोदकले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो ।

टाइब्रेकरमा ४—३ अन्तरले जित निकाल्दै गोदकले उपाधिसंगै ५१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र सुरक्षित गरेको हो । इलामका कप्तान पुष्कर दाहाल र नितेश गुरुङको प्रहार गोलरक्षक विवेक मगरले रोक्दै गोदकलाई उपाधि दिलाए । उपविजेता इलामले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता सन्दकपुर खेल संघका रजिम बुर्जा मगर घोषित भए ।

उनीसंगै गोदकका शेखर राईले समेत ७ गोल गरेका थिए । बुर्जाले एकै खेलमा ७ गोल गरेका कारण उनले सर्वाधिक गोलकर्ताको उपाधि पाए । उत्कृष्ट गोलरक्षक गोदकका कप्तान विवेक मगर घोषित भए । उत्कृष्ट डिफेन्डर इलामका नितेश गुरुङ, उत्कृष्ट स्ट्राइकर गोदकका शेखर राई, मिडफिल्डर गोदककै सचिन वाइवा, उदियमान खेलाडी सन्दकपुर खेल संघका दिपेन गुरुङ घोषित भए । उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सन्दकपुर खेल संघका अध्यक्ष रेखा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सन्दकपुर—४ का वडाध्यक्ष ढाल बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सन्दकपुर—२ का वडाध्यक्ष सनम राई, वडा नं ३ का वडाध्यक्ष लिल बहादुर बुर्जा, कार्यपालिका सदस्य छत्र दियाली, प्रदेश फुटबल संघका सहायक महासचिव पुर्ण फत्रका बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांंग्रेस जिल्ला सहसचिव देवेन्द्र सुवेदी, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य यावरा थुलुङ, नेकपा एस सन्दकपुर सचिव श्याम राई, नेपाली कांग्रेस वडा सभापति दिपेश गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रम संघका उपाध्यक्ष बुद्धिसागर सुवेदीको स्वागत र संचालन सहसचिव निर्मल गुरुङले संचालन गरेका थिए । गत असार २४ गतेबाट जारी प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार