सन्दकपुर । राँके स्मृती फुटबलकाे उपाधिकाे लागि आज युनाइटेड इलाम र गाेदक एफसी भिड्ने भएका छन् । साेमबार सम्पन्न सेमिफाइनलमा इलामले चाँपगैरीलाई र गाेदकले मंगाेल-११ लाई हराउँदै फाइनल पुगेकाे हाे । पहिलाे सेमिफाइनल इलामले चाँपगैरीलाई ६-१ गाेल अन्तरले हराएकाे हाे ।
इलामकाे जितमा युवराज राईले ह्याट्रिक गरे । उनले खेलकाे ४,२१ र २७ मिनेटमा गाेल गरे । बिनाेद धमलाले ३ र ४० आै तथा पिकेश लाेक्तामले ३२ आै मिनेटमा गाेल गरे । चापगैरीका सन्ताेष तामाङले २९ आै मिनेटमा सान्तवना गाेल गरे । इलामले साेमबार नै क्वाटरफाइनल खेलमा बाैद्धमार्ग एफसीलाई ३-१ गाेल अन्तरले हराएकाे थियाे ।
त्यसैगरी मंगाेललाई ७-१ गाेल अन्तरले हराएकाे थियाे । गाेदककाे जितमा अर्जुन गुरूङले ह्याट्रिक गरे । उनले खेलकाे ७,३१ र ५९ मिनेटमा गाेल गरे । शेखर राईले १० र ४० तथा आयुश तिम्सिनाले २४ र सुशील सुब्बाले २५ मिनेटमा गाेल गरे ।
मंगाेलका समीर गुरूङले २१ आै मिनेटमा सान्तवना गाेल गरे । सन्दकपुर खेल संघको आयाेजना रहेकाे प्रतियाेगिता बिजेताले ५१ हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।