सन्दकपुर । राँके स्मृति खुल्ला नकाउट प्रतियाेगिता २०८० काे दाेश्राे चरणकाे खेल सम्पन्न भएकाे छ । प्रतियोगितामा आज ४ खेल सम्पन्न भएकाे हाे ।
पहिलाे खेलमा बाैद्धमार्ग एफसीले छाँगे एफसीलाई ३-१ ले हराउदै प्रि-क्वाटरफाइनलमा स्थान बनाएकाे छ । दाेश्राे खेलमा सेभेन वन्डर्सले एलएफसी जमुनालाई १-० ले हराएकाे छ ।
तेश्राे खेलमा इलाम एफसीले टाेडके एफसीलाई २-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएकाे छ । अन्तिम खेलमा गाेदक एफसीले मनईमझुवालाई १-० ले हराएकाे छ । भाेलीबाट प्रि-क्वाटरफाइनलका खेलहरू हुनेछन् ।
सन्दकपुर खेल संघकाे आयाेजनामा गत असार २५ गतेबाट जारी प्रतियोगिताकाे फाइनल खेल साउन २ गते हुनेछ ।