Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

राँके स्मृति फुटबलमा ४ खेल सम्पन्न

राँके स्मृति फुटबलमा ४ खेल सम्पन्न

  • किरण राई
  • बुधबार, असार २७ २०८०


राँके स्मृति फुटबलमा ४ खेल सम्पन्न

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा जारी राँके स्मृति २०८० नकाउट भकुन्डो खेलमा आज ४ खेल सम्पन्न भएको छ । प्रतियोगिताको पहिलो खेलमा बौद्धमार्ग एफसीले टारी एफसीलाई ३–० ले पराजित गरेको छ । दोश्रो खेलमा साउदेन–११ ले नटुनम गुम्बालाई १–० गोल अन्तरले हराउँदै दोश्रो चरणमा प्रवेश गरेको छ ।

त्यसैगरी हाँगेथाम एफसीमाथि छाँगे एफसीले ४–० गोल अन्तरको जित दर्ता गरेको रेफ्री सुरेश थापा मगरले जानकारी दिए । अन्तिम खेलमा नवज्योती खेल संघलाई टाइब्रेकरमा हराउँदै एलएफसी जमुना समेत दोश्रो चरणमा प्रवेश गरेको छ । साउन २ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले ५१ हजार र उपविजेताले २५ हजार १ सय रुपैया प्राप्त गर्नेछ ।

त्यसैगरी उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार