Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

लोभलाग्दो सन्दकपुर ३ को टारि, सुतुलुङ बेंसि (तस्बिरहरु)

लोभलाग्दो सन्दकपुर ३ को टारि, सुतुलुङ बेंसि (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, असार १९ २०८०


लोभलाग्दो सन्दकपुर ३ को टारि, सुतुलुङ बेंसि (तस्बिरहरु)

सन्दकपुर (टारिबेंसि) । शान्त, सुन्दर र समथर भु–भाग रहेको टारि बेंसी हेर्दै आकर्षक छ । माईखोलाको तीरमा अवस्थित टारी क्षेत्र खाध्यबालीको उर्भर, सुन्दर र हेर्दा आँखा नबिजाउने पवित्र भुमि मानिन्छ । सन्दकपूर गाउँपालिका ३ स्थित टारि बेंसी खाध्यबाली उत्पादन हुने क्षेत्र पनि हो ।

 

धान, मकै, गहुँ उत्पादन क्षेत्र टारी बेंसीको सुन्दर दृश्यले हिउँद वर्षात नै आकर्षण गर्छ । धान रोपाई गर्दा होस्, या धान हुर्कदै गर्दा टारी बेंसीको सुन्दरताले हरेकको मनमा आनन्द दिलाउँछ ।

अझ लहलह धानको बाला झुलेको बेला त टारि बेंसको बिचमा रात बिताउँ झै लाग्छ । आदिवासी जनजाति समुदायको बसोबास रहेको टारि बेंसि क्षेत्रमा स्थानीयबासी पर्यटनको संभवानाको खोजि गरिरहेका छन् । टारी क्षेत्र पर्यटनको माध्यमबाट आयआर्जन वृद्धि गर्न यहाँका आदिवासी जनजाति समूदाय सक्रिय भएको स्थानीय सोम साउदेनले बताए ।

 

यहाँ लिम्बु जातिको भाषा र सास्कृतिको अध्ययन गर्न सकिन्छ । सन्दकपूर ३ को सुलुबुङ्ग टारीबाट नजिकै ऐतिहासिक सास्कृतिक सम्पदा सुतुलुङ्ग ढुङ्गा रहेको छ । परापुर्वकालमा लेप्चाहरुको बसोबास रहेको पाइन्छ ।

 

लेप्चा समुदायमाथि थिचोमिचो भएपछि पाँच दिने लेप्चा सुत्केरी महिलाले पहरो चिरेर गाडिएको ढुङ्गालाई सुतलुङ्ग ढुङ्गा नामाकरण गरिएको किम्बदन्ति छ । सुतुलुङ्ग क्षेत्रमा पनि लोभलाग्दो खाध्यबाली उत्पादन दिने खरिबोटे बेंसी भनिन्छ । 

आफ्नो थातथलो छोड्न बाध्य भएपनि इतिहास रहोस् भनि गाडिएको सुतलुङ्ग ढुङ्गाको नाम अपभ्रंस गरि सुलुबुङ्ग नामाकरण गरिएको कथन छ । टारी क्षेत्रमा व्यवसायीक रुपमा १२ रै महिना खाध्यबाली र तरकारी खेती गरि आर्थिक उपार्जन गर्ने प्रशस्त संम्भावना रहेकाले कृषि पर्यटन प्रवद्र्धनको योजना रहेको वडाअध्यक्ष लिल बहादुर बुर्जाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार