Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

तीन स्थानीय तह हेर्ने प्रहरी कार्यालयको पूर्वी नाका पशुपतिनगरमा आधुनिक भवन

तीन स्थानीय तह हेर्ने प्रहरी कार्यालयको पूर्वी नाका पशुपतिनगरमा आधुनिक भवन

  • सन्देश सम्बाददाता
  • मंगलबार, माघ २ २०७४


तीन स्थानीय तह हेर्ने प्रहरी कार्यालयको पूर्वी नाका पशुपतिनगरमा आधुनिक भवन

इलाम । प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी एआइजी पशुपती उपाध्यायले प्रहरी कार्यालयहरु पुनःनिर्माण गरिएपछि इलाका र प्रहरी चौकीले प्रदान गर्ने सेवामा आत्मावल समेत थपिएको महसुस भएको बताए । नेपाल भारत सिमाको पशुपतीनगरमा पुनः निर्माण गरिएको इलाका भबन उद्धघाटन गर्दै उनले भने “अब कार्य क्षमतामा पनि सुधारको महसुस हुने छ ।” उनले प्रहरीमा पनि प्रविधि अनुसार अनुसन्धानको विधि परिवर्तन हुँदै गएकाले नागरिकमा परिवर्तनको महसुस हुने धारणा राखे ।

२०६० साल चैत्र २५ गते क्षती ग्रस्त भएको पशुपतीनगरको भवन निर्माणको लागी नेपाल सरकार शान्ति तथा पुनः निर्माण मन्त्रालय शान्तिकोष सचिवालयबाट १ करोड ६४ लाख ३१ हजार ८४० रुपैया प्राप्त भएकोमा १ करोड ४३ लाख ४० हजार ८१९ रुपैयामा इलाका भवन निर्माण सम्पन्न गरिएको प्रहरी नायव उपरिक्षक इश्वर थापाले जानकारी दिए ।

भवनको भुई तलामा सुविधा युक्त पुरुष तथा महिला हिरासत कक्षहरु, गार्ड कक्ष, प्रशासनकि कक्ष, कार्यलय प्रमुख, अपराध अनुसन्धान कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, बैठक कक्ष र सञ्चार कक्ष लगायत १४ वटा कोठा रहेको उनले बताए ।


भवन उद्घाटन गर्दै एआइजी उपाध्यायले अपराधको स्वरुप बद्लिएको भन्दै प्रहरीले पनि अनुसन्धानको दायरा फराकीलो पारेको बताए । उनले अपराधको गहिराईमा पुगेर मात्र अपराधीको पहिचान गर्नुका साथै सामाजिक दवावको भरमा अनुसन्धानलाई कसैप्रति केन्द्रित गर्नु नहुने समेत बताए ।


संघिय इकाई प्रहरी कार्यालय चन्द्रगढी झापाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले कर्तव्य पालनका क्रममा सबै तहले अग्रसरता लिनुपर्ने बताए । प्रहरीको संरचनाले जनतालाई राहतको आभाष भएको निर्माण समितिका अध्यक्ष सवित्री सिवाले बताईन् ।

दरबन्दीभन्दा कम छन पशुपतीनगर मातहतका चौकीमा

भारतको दार्जिलिङ र इलाम सुदुरपुर्वी क्षेत्रको नाकामा पशुपतीनगरमा २०२२ साल भदौ ४ गते स्थापित इलाका प्रहरी कार्यालयको मातहतमा ११ वटा प्रहरी चौकी र एउटा सिमा प्रहरी चौकी रहेका छन ।

जसमा प्रहरी निरिक्षक देखी लिएर सिपाहीसम्म गरेर २२६ जनाको दरबन्दी रहेपनि हाल १३६ जना मात्र कार्यरत रहेको इलामका प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले बताए । पशुपतीनगर इलाका प्रहरीले सुर्योदय नगरपालिका, रोङ र माइजोगमाई गाँउपालिकाका ९६ हजार ८७० जनसंख्यालाई सुरक्षा दिदै आइरहेको छ ।

दरबन्दीभन्दा कम प्रहरी भएपनि मौजुदा जनशक्तिहरुलाई अधिकतम परिचालन गरी शान्ति सुरक्षा र सिमा अपराधिक गतिविधी नियन्त्रणमा प्रत्यक्ष संलग्न रहि सक्रिय भुमिका निर्वाह गर्न सफल भएको कर्मचार्यले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार