इलाम : कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि इलाम र संखुवासभा भिड्ने भएका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा इलामले ओखलढुंगा र संखुवासभाले खोटाङलाई हराउँदै उपाधि भिड्ने भएका हुन् ।
पहिलो सेमीफाइनल खेलमा विशाल तामाङले निर्णायक गोल गर्दै इलामलाई फाइनल पु¥याए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भएका थिए । दोश्रो सेमीफाइनल खेलमा मन्दिप राईको गोल निर्णायक बनेपछि संखुवासभाले समेत अन्तिम २ मा स्थान बनाएको हो । राईको खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
आज खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।