माइ । इलामको दक्षिणी क्षेत्र माइ नगरपालिकाको महमाईमा २ दिवसीय व्यवसायिक मौरीपालन तालिम सम्पन्न भएको छ । महिला सञ्जाल समन्वय समिती महमाइको आयोजनामा र साविकको महमाइ गाविसको प्राविधिक सहयोगमा भएको तालिममा माइ नगरपालिका वार्ड नं ६, ७ र ८ (साविक महमाइ) का २४ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा ऋषिराज न्यौपानेले मौरी उत्पादन, छनौट, व्यवस्थापन र रोग निदानका सम्वन्धमा सहजिकरण गरेका थिए । महिला सञ्जाल समन्वय समितीकी अध्यक्ष सोमरानी तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा चन्द्र पौडेलको प्रमुख आतिथ्यता रहेको हाम्रा सहकर्मी चन्द्र तामाङ्गले जानकारी दिए ।