Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा रेड किविको व्यवसायीक खेतीमा किसानको आकर्षण (तस्बिरहरु)

इलाममा रेड किविको व्यवसायीक खेतीमा किसानको आकर्षण (तस्बिरहरु)

  • गंगा पराजुली
  • शुक्रबार, असार ८ २०८०


इलाममा रेड किविको व्यवसायीक खेतीमा किसानको आकर्षण (तस्बिरहरु)

इलाम । इलामका किसान व्यवसायीक रुपमा रेड किबि खेतीमा आकर्षित भएका छन् । नेपालीको ठुला चाडपर्व दशैँ तिहार अघि पाक्ने बिकिको मूल्य उच्च हुने भएकाले किसानको रे किबि खेतीमा आकर्षण बढेको हो ।

इलामका किसानका लागि रेड किवी फल आम्दानीको श्रोत बन्दै गएको छ । अन्य प्रजातिका किबि भन्दा रेड किवि महङ्गोमा बिक्रि हुने भएपछि खेती विस्तार हुने क्रम बढेको छ । यो फल धेरै पौष्टिक तत्वले भरिपुर्ण भएको र किविको प्रजातीमध्ये महङ्गोमा बिक्रि हुने गरेको हो ।

रेड किबिको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी, मांशपेशिय क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने अध्ययनमा उल्लेख छ । सबै उमेर समुह र गर्भवती महिलाको लागि रेड बिवि बढी फाइदा जनक हुने गरेको छ । रेड बिबिफलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिने किसानको भनाइ छ ।
नेपालको इलाममा व्यवसायिक रुपमा रेड किवीको खेती हुँदै आएको हो । इलामको सन्दकपूर गाउँपालिका ३ र इलाम नगरपालिका २ का १ सय बढी किसानले रेड बिविको व्यवसायीक खेती गर्दै आएका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाको ५ वटै वडा र इलाम नगरपालिकाको १, २ र ३ नम्बरमा किबि जोन कार्यक्रमबाट बिवि खेती प्रवद्र्धनको काम हुँदै आएको छ ।
बैदेशिक रोजगारी बाट फर्किएका युवाहरु र स्वदेशमै कृषिको क्षेत्रमा काम गर्न इच्छुक युवाहरुको लागी स्वरोजगारको वातावरण किवि खेती गर्दै आएको छ । देशको अर्थतन्त्रको विकास गर्न समेत सहयोग पुग्ने किवि फलका उत्पादनहरु गुणस्तरीय बनाइ तेस्रो मुलुक निर्यात गर्न सकिने विज्ञको सुझाव छ ।

किवीफल लहरामा फल्ने बहुवर्षीय, हिउँद महिनामा पात झर्ने पतझर फलफूल अन्तर्गत पर्दछ । यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ । हालसम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको छ । यस फलको उत्पत्ति स्थल चिनको याङ्गजे नदिको नजिकै हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार