सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–४ माबुमा खुल्ला पुरुष नकाउट भकुन्डो खेल हुने भएको छ । राँके स्मृति २०८० को अवसरमा सन्दकपुर खेल संघले असार २५ गतेबाट साउन २ गतेसम्म प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताको बिजेताले ५१ हजार र उपविजेताले २५ हजार १ सय रुपैया प्राप्त गर्नेछ ।
त्यसैगरी उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उदियमान खेलाडीलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने टिमले असार २१ गतेसम्म इन्ट्री गरिसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको ड्र असार २२ गते सार्वजनिक गरिने छ ।