Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साहासिक पर्यटन प्रवद्र्धनमा ल्याण्डरोभर गाडि (तस्बिरहरु) 

साहासिक पर्यटन प्रवद्र्धनमा ल्याण्डरोभर गाडि (तस्बिरहरु) 

  • सुजन तिमल्सिना
  • सोमबार, असार ४ २०८०


साहासिक पर्यटन प्रवद्र्धनमा ल्याण्डरोभर गाडि (तस्बिरहरु) 
सन्दकपुर ।  बजारमा लोप हुँदै गएको ७५ वर्ष पुरानो प्रसिद्ध ल्याण्डरोभर गाडिका माध्यमबाट इलामको सन्दकपुर गाउँपालिका भित्रका पर्यटकीयस्थल भ्रमण गर्न थालिएको छ । पहाडका जोखिमपूर्ण सडकमा पनि सजिलै चल्ने प्रसिद्ध ल्याण्डरोभर गाडिको माध्यमबाट सन्दकपुर गाउँपालिकाले साहसिक पर्यटन प्रवद्र्धन थालेको हो ।
बैशाख १ बाट १० गतेसम्म संचालन भएको सन्दकपूर महोत्सवमा कोशी प्रदेशका प्रमुख परसुराम खापुङको नेतृत्वमा ‘ल्याण्डरोभर सफारि’ भयो । गाउँपालिका भित्रका सबै पर्यटकियस्थलमा सजिलै पुग्नका लागि प्रदेश प्रमुखले ल्याण्डरोभर गाडिमा तीन दिनसम्म यात्रा गरे ।
देउराली बजारबाट शुरु भएको ‘ल्याण्डरोभर सफारि’ पर्यटकीय क्षेत्र टोड्के झरना, सास्कृतिक गाउँ माबु ढापपोखरी हुँदै सन्दकपुर पुगेको थियो । सडक अफ्ठ्यारो भएपनि सजिलैसँग पर्यटकीयस्थलको भ्रमणपछि प्रदेश प्रमुख परसुराम खापुङले यात्रा आनन्ददायी बनेको प्रतिक्रिया दिए ।
बेलायतको प्रसिद्ध ल्याण्डरोभर कम्पनीको ७५ वर्ष पुरानो गाडिको संरक्षण गर्दै र साहासिक पर्यटनको प्रवद्र्धनका लागि ‘ल्याण्डरोभर सफारि’ गाउँपालिका आयोजना गरेको थियो । साहसिक पर्यटनको प्रवद्र्धन गरि पर्यटनको माध्यमबाट गाउँपालिकाको आयश्रोत वृद्धि गर्ने योजना रहेको अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
कच्चि सडक मात्रै भएको सन्दकपुर गाउँपालि भ्रमणमा पुग्ने पर्यटकहरुलाई ल्याण्डरोभरबाट यात्रा गराउने गाउँपालिकाले योजना बनाएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।  रोमान्चित र साहसिक ल्याण्डरोभर सफारि गर्ने पर्यटकहरुको संख्यापनि बढ्दै गएकाले साहसिक पर्यटन प्रवद्र्धनका लागि योजना समेत भइरहेको सन्दकपुर २ का वडासदस्य अमृत  राईले बताए ।
५ वर्ष अघि ल्याण्डरोभर गाडि भारतसँगको सीमा नाका मानेभञ्ज्याङमा ल्याण्डरोभर कम्पनीले ७० औं वर्षगाँठ मनाएको थियो । नेपालमा यो गाडि ३५ वर्ष पुरानाको सूचीमा सूचीकृत भइसकेको छ । पर्यटन, जङ्गल सफारी र हिमाली क्षेत्रमा सजिलै चलाउन मिल्ने भएकाले प्रवद्र्धन गर्ने वडा नम्बर २ का वडाअध्यक्ष सनम राईले बताए ।
ल्याण्डरोभर गाडी आल्मुनियमको प्रयोगबाट बनेको र यसको हलुङ्गो बनावटले पहाडी कच्ची सडकमा सजिलै गुड्छ ।
पहाडी क्षेत्रका बासिन्दालाई रासन र कृषि उपज ओसारपसारमा पनि यसको उपयोग उत्तिकै हुने भएकाले सन्दकपुरका लागि यो गाडि उपयुक्त हुने उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार