Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

तिनघरेमा सम्पन्न स्व अशोककुमारी गजमेर भेट्रान फुटबलको उपाधी धाइजनलाई

तिनघरेमा सम्पन्न स्व अशोककुमारी गजमेर भेट्रान फुटबलको उपाधी धाइजनलाई

  • सन्देश सम्बाददाता
  • आइतबार, पौस ३० २०७४


तिनघरेमा सम्पन्न स्व अशोककुमारी गजमेर भेट्रान फुटबलको उपाधी धाइजनलाई

तिनघरे । दोश्रो अशोक कुमारी गजमेर भेट्रान फुटबल प्रतियोगिताको उपाधी धाइजनले जितेको छ । तिनघरे खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइलनमा काकडभिट्टा भेट्रानको चुनौती ट्राइवेकरमा ५–४ अन्तरले पन्छाउदै धाइजनले उपाधी हात पारेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि निर्णय ट्राइवेकरबाट गरिएको थियो । बिजेता बन्दै धाइजनले नगद ६१ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपबिजेता बन्दै काकडभिट्टाले नगद ३१ हजारमा चित्त बुझायो ।

पौष १६ गतेबाट सुरु भएको प्रतियोगितामा भारतका ३ टिम सहित १६ टिमको सहभागीता रहेको थियो । तिनघरे सेवा समाजका अध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष दिपेश गुरुङले जिल्ला खेलकुद विकास समिती मार्फत फुटबल खेलको प्रर्वद्धनका लागी विशेष पहल गर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथी इलाम क्षेत्र नं १ को ख का सासंद काजीमान कागतेले जिल्लाको खेलकुद विकासका निम्तिी प्रदेशसभामा विशेष पहल हुने बताए । विशेष अतिथीमा डोलेद्र भारद्धाज, टेकबहादुर राई, सुरेन पौडेल लगायतले खेलकुद विकासका निम्तिी आ–आफनो क्षेत्रबाट पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।

तिनघरे सेवा समाजले गत बर्षबाट स्व अशोककुमारी गजमेरको सम्झनामा तिनघरे खेलमैदानमा प्रतियोगिता आयोजना गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार