Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुरुङ्गामा माओवादी सांसदलाई सम्मान

सुरुङ्गामा माओवादी सांसदलाई सम्मान

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ३० २०७४


सुरुङ्गामा माओवादी सांसदलाई सम्मान

सुरुङ्गा : अखिल क्रान्तिकारी र वाइसिएल झापाले झापा बाट निर्वाचित माओवादी पार्टीका सांसदलाई सम्मान गरेको छ ।

झापा को सुरुङ्गाको चर्चित पर्यटकिय स्थल जामुनखाडी सिमसारमा विशेष कार्यक्रमका विच झापा क्षेत्रनम्बर १ बाट निर्वाचित सांसद सुरेन्द्रकुमार कार्की पार्थ यसैगरी प्रदेशसभामा निर्वाचित झापा ४ को प्रदेश क बाट निर्वाचित झलकसिंह दर्लामी शन्देश र झापा ३ ख बाट निर्वाचित पुर्णसिंह राजवंशीलाई झापाका वाइसिएल तथा अखिल क्रान्तिकारीका विद्यार्थीले सम्मान गरेका हुन ।

वाइसिएलका प्रदेश इन्चार्ज कर्मा पुलामी , क्रान्तिकारीका केन्द्रिय सदस्य भक्त विश्वकर्मा , जिल्ला अध्यक्ष कुमार खतिवडा , कोषाध्यक्ष नविन सिटौला लगायातको टोलीले सम्मान गरेको थियो । यसैविच हण्डीफोर , म्युजकल चियर लगायातका मनोरन्जनात्मक खेलहरु समेतको आयोजना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार