Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विश्व वातावरण दिवसको अवसरमा माई नदीको मुहान क्षेत्रमा वृक्षारोपण (तस्बिरहरु)

विश्व वातावरण दिवसको अवसरमा माई नदीको मुहान क्षेत्रमा वृक्षारोपण (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • सोमबार, जेष्ठ २२ २०८०


विश्व वातावरण दिवसको अवसरमा माई नदीको मुहान क्षेत्रमा वृक्षारोपण (तस्बिरहरु)
सन्दकपुर । विश्व वातावरण दिवसको अवसरमा माई नदीको मुहान क्षेत्र सन्दकपुरमा वृक्षारोपण गरिएको छ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरको माई नदी मुहान क्षेत्रमा सन्दकपुर गाउँपालिकाले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरिएको हो ।
सन्दकपुर गाउँपालिका वातावारण समितिका संयोजक सनम राईको अध्यक्षतामा मुहान क्षेत्र सरसफाई र वृक्षारोपण गरिएको हो । गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सन्दकपुर ४ अध्यक्ष ढाल बहादूर गुरुङ्ग, शसस्त्र प्रहरी बल कालपोखरीका प्रमुख पदम दाहाल, सन्दकपुर २ का निवर्तमान अध्यक्ष गिरिराज खनालको वातावरण संरक्षणका लागि वृक्षारोपण र सिमसार संरक्षणको काम गर्नुपर्ने बताएका थिए ।
वृक्षारोपण र सरसफाई कार्यक्रममा नेपाल प्रहरीको प्रहरी चौकी कालपोखरी, शसस्त्र प्रहरी बल कालपोखरी बिओपिबाट खटिएका सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा पञ्चकन्या जलविद्युत आयोजनाका प्रतिनिधि, सहकारी संचालक, सर्वसाधारण र वातावरणकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार