Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रोङको काजीटारमा बाली संरक्षण कार्यक्रम सम्पन्न

रोङको काजीटारमा बाली संरक्षण कार्यक्रम सम्पन्न

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ २१ २०८०


रोङको काजीटारमा बाली संरक्षण कार्यक्रम सम्पन्न

रोङ । इलामको रोङ गाउँपालिकामा बाली संरक्षण कार्यक्रम सम्पन्न गरिएको छ । रोङ ४ काजिटार सुपारी खेतीमा रोगको प्रकोप देखिएको क्षेत्रमा संरक्षण कार्यक्रम सम्पन्न भएको हो ।

बाली संरक्षण प्रयोगशाला झुम्का सुनसरीको आयोजना तथा रोङ कृषि विकास शाखा को समन्वयमा भएको कार्यक्रममा कृषकहरुलाइ रोग निदानको लागि विभिन्न जैविक बिषादीको प्रयोग, बोर्डो मिश्रण तथा पेस्टको प्रयोग ढुसीनासक बिषादी प्रयोगको प्रयोगात्मक तालिम संचालन गरिएको थियो ।

सहभागीहरुलाई मलखाद,जैविक बिषादी,स्प्रेयर ट्याङ्की , निलोतुथो चुन लगायत सामाग्रीहरु समेत बितरण गरिएको छ ।  aयस्तो कार्यक्रम रोङको विभिन्न रोग ग्रस्त ठाउँमा गरिदै जाने कृषि शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार