इलाम । इलाम नगरपालिकाले छुर्पी र दुग्ध प्रर्वद्धन कार्यक्रम मार्फत ४८ लाख मुल्यको सामाग्री प्रदान गरेको छ । नगरपालिकाले ४५ थान च्याप्कटर, ९२ था काउ म्याट, २ थान नाइट्रोजन कन्टेनर, मिल्क एनालाइजर ८ थान, क्रिम सेफरेटर ६ थान र डिप फ्रिज ९ थान प्रदान गरेको हो ।

एक कार्यक्रमका बिच कृषि फर्म, कृषि समुह र किसान गरी ५५ जनालाई सामाग्री हस्तान्तरण गरिएको थियो । नगर प्रमुख केदार थापा, उपप्रमुख बिष्णु लिम्बु दाहाल, वडाध्यक्षहरु, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापा प्रमुख प्रमुख शितल भट्टराई, नगर पशु शाखा प्रमुख रुपनारायण लिम्बु लगायतले सामाग्री हस्तान्तरण गरे ।
