इलाम । बागमती रग्वी सेभेन्स महिला तथा पुरुष रग्बीको लागि कोशी प्रदेशले प्रारम्भिक छनौटमा परेका खेलाडीहरुको नामावाली सार्वजनिक गरेको छ । आगामी जेठ २१ र २२ गते काठमाण्डौमा हुने राष्ट्रिय प्रतियोगिताको लागि सुजा राईको कप्तानीमा उत्रिने १० सदस्यीय महिला टोलीको नाम सार्वजनिक गरिएको हो ।
कोशी टिमको उपकप्तान रेनुका तुम्बापो रहेकी छन् । टिमको सदस्यहरुमा बिडिसा राई, सम्झौता तुम्बापो, लक्की मगर, रोजिना साम्बा, जनम लिम्बु, मनिषा रणपहेली, सनमिका मगर र सुशिला सुनुवार रहेका छन् । सुजा गत मंसिरमा सम्पन्न एसियन रग्वी यु–१८ अन्र्तगत नेपाल टिमको उपकप्तान रहेकी थिइन् । त्यसगरी बिडिसा र सम्झौताले समेत सो टिममा स्थान बनाएका थिए ।
