Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकिय गन्तव्य बन्दै सन्दकपुर ५ को ढापपोखरी (तस्बिरहरु)

पर्यटकिय गन्तव्य बन्दै सन्दकपुर ५ को ढापपोखरी (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • बिहिबार, जेष्ठ १८ २०८०


पर्यटकिय गन्तव्य बन्दै सन्दकपुर ५ को ढापपोखरी (तस्बिरहरु)

सन्दकपुर । पर्यटन प्रवद्र्धनमा सबै मिलि गरे के हुँदैन भन्ने एउटा जवलन्त उदाहरण जमुनाको चन्द्रपाल थेवे सिमसार ढाप पोखरी भएको छ । धेरै अघि धानको बिऊ राख्ने गरिएको सिमसार ढापपोखरी पछिल्लो दिनमा पर्यटकिय गन्तव्य बनेको छ । किसानले धान खेती छाडेर वैकल्पिक खेती अपनाएपछि ढाप पोखरी उपयोग विहिन भएपछि ६ वर्ष अघि पोखरी निर्माण गरिएको थियो ।

 

 

विगत ६ वर्षअघि स्थानीय जमुनाबासीको अगुवाई र सक्रियतामा उपयोगविहन ढापलाई पोखरी बनाई पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने उदेश्यले निर्माण गरिएको ढापपोखरी निर्माण अभियानपछि अहिले दिनहुँ पर्यटकहरु घुमेर आनन्द दिने गरेको वडा सदस्य कुमार गुरुङ्गले बताए ।

प्राकृतिक पर्यटकीय उपजले सिंघारिएको इलाममा ढापपोखरी मानव निर्मित पर्यटकीय गन्तव्य हो । पर्यटन प्रवद्र्धनका लागि ढापपोखरीमा अहिले डुङ्गा सयरसँगै रामनहमिको बेला सास्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गरिँदै आएपनि कोरोना माहामारीका कारण ढुङ्गा संचालन अहिले बन्द गरिएको छ । सन्दकपुर १ को माइपोखरीदेखि रेडपाण्डा प्रजनन् केन्द्र टप्पु छिन्टापु सन्दकपुर हुँदै ढापपोखरीसम्म संघीय सरकारले पदमार्ग निर्माणको काम भएको छ । ढापोखरी पुगेका पर्यटकहरुले हाँगेथाम हुँदै कैयाकट्टासम्म पदयात्रा गर्दै आएका छन् ।

सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा पछिल्लो दिनमा धेरै काम भएका छन् । प्रकृतिले मुट्ठि फुकाएर उपाहार दिएको सन्दकपुर गाउँपालिकाको हरेक पर्यटकीयस्थलहरु पुग्ने पदमार्ग, ग्रामीण सडक विस्तार र संभावना हेरी पर्यटन पूर्वाधारका अरु काम तिब्र रुपमा भएपछि पर्यटन प्रवद्र्धनका कामले तिब्रता पाएको वडाअध्यक्ष यज्ञ बहादूर गुरुङले बताए । ढापपोखरीको सुन्दरताका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको उनले बताए ।

 

विविध जातजाति, भाषाभाषि र धर्मावलम्विहरुको मिश्रित बसोबास रहेको सन्दकपुर गाउँपालिका पूर्वकै अब्बल सास्कृतिक पर्यटकीय नमुना गाउँ बनाउन संघीय सरकारले एक प्रदेश एक सास्कृतिक ग्राममा घोषणा गरि पूर्वाधार निर्माणको काम गर्दै आएको छ ।

ढापपोखरी छेउमा चियाबारी समेत रहेको छ । सुन्दर चियाबारीमा ढापपोखरी पुग्ने पर्यटक रमाउने गरेका छन् । पोखरी छेउमा स्थानीय समुदायले गौरेस्वर सिवालय मन्दिर निर्माणको काम पनि शुरु भएको छ । मन्दिर निर्माणका लागि माहायज्ञ समेत लगाइएको छ ।

 

जसले गर्दा पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने स्थानीय रमेश भट्टराईले बताए ।  हिमालका हिउँसँगै सधैँभरी खेलिरहुँ झै मनै लोम्याउने दर्जनौ सन्दुर हिमचुचुरा, निश्चिल पानी भित्रै डबुल्कि मारिरहौँ झै सजिएका दर्जर्नौ प्राकृतिक पोखरीहरु, अग्लाअग्ला डाँडाहरुमा बादलुको घुम्टोभित्र लुकामारि खेल्दै, वनपाखको वन्यजन्तुसँग लुकामारी खेल्दै र चराहरुको चिरबिर आवाजमा रम्दै सन्दकपुर गाउँपालिका भित्र रमाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार