Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

ज्योति माविको ७२ औँ बार्षिक उत्सव

ज्योति माविको ७२ औँ बार्षिक उत्सव

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ १७ २०८०


ज्योति माविको ७२ औँ बार्षिक उत्सव

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१३ मा रहेको ज्योति माध्यमिक विद्यालयले ७२ औ वार्षिक उत्सव मनाएको छ । नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव मनाइएको हो । विभिन्न साँस्कृतिक कार्यक्रमका विच सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले सूर्योदय भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शिक्षा सिकाईलाई प्रभावकारी बनाउन नगरपालिकाले शिक्षामा बढी लगानी गरेको बताए।

उनले विद्यालयहरुमा भएका कमजोरीहरुलाई सुधार्न जरुरी रहेको समेत बताए । विद्यालयमा गणित विषयको ल्याब रहेको र यसको सही सदुपयोगले विद्यार्थीहरुको सिकाईको क्षमतामा वृद्धि हुने उनले विश्वास व्यक्त गरे । विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यालय स्थापना देखिका जग्गादाताहरुलाई दोसल्ला ओढाई सम्मान पत्र वितरण गरिएको थियो ।

अक्षयकोष दातालाई कदर पत्र र विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष दिननाथ मिश्रले विद्यालयको वार्षिक प्रतिवेदन पेस गरेका थिए । । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ मिश्रको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख दुर्गा कुमार बराल, शिक्षा इकाई शम्भु थापा मगर, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, ,वडा नं १३ का वडाध्यक्ष हेमराज आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

विद्यालयका प्राध्यापक तारा कट्टेलले स्वागत मन्तब्य राखेको कार्यक्रममा शिक्षकद्वय दीपक पौडेल र हरी आचार्यले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार