Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा १० स्वर्ण सहित नेपाल दोश्रो

अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा १० स्वर्ण सहित नेपाल दोश्रो

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ ११ २०८०


अन्तर्राष्ट्रिय आमन्त्रण करातेमा १० स्वर्ण सहित नेपाल दोश्रो

इलाम । भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिप २०२३ मा नेपालले दोश्रो स्थान हासिल गरेको छ । तालकटोर इन्डोर रंगशाला भएको प्रतियोगितामा १० स्वर्ण ४ रजत र ३ काँस्य पदक जित्दै नेपालले दोश्रो स्थान हासिल गरेको हो । मोहित प्रसाईंले २० केजी र काता गरी २ स्वर्ण पदक जितेका छन् ।

अनिश न्यौपानेले २५ केजी र काता गरी दुई, डेनिशा न्यौपानले ३५ केजी र काता गरी दुई र एलिजा घिमिरेले ६८ केजी तौलमा स्वर्ण जितेका छन् । प्रतिक बस्नेतले ५० केजी तौल समूह, श्रीयास धितालले ३५ केजीमा स्वर्ण र कातामा रजत तथा एनिश गिरीले ३० केजीले स्वर्ण र कातामा काँस्य पदक जितेको प्रशिक्षक योगेश चाम्लिङले जानकारी दिए ।

सानोबाबु अधिकारीले ४० केजी, युनिशा न्यौपानेले ३० केजी र प्रियांका राई ५० केजी तौलले रजत पदक जिते । प्रतियोगितामा नेपालबाट सातजना रेफ्री, तीनजना अफिसियल र १० जना खेलाडी सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार