Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

शिक्षा क्षेत्रको सुधारका लागि माङ्सेबुङ्गमा विद्यालयको अनुमगन (तस्बिरहरु)

शिक्षा क्षेत्रको सुधारका लागि माङ्सेबुङ्गमा विद्यालयको अनुमगन (तस्बिरहरु)

  • बालकृष्ण बस्नेत
  • मंगलबार, जेष्ठ ९ २०८०


शिक्षा क्षेत्रको सुधारका लागि माङ्सेबुङ्गमा विद्यालयको अनुमगन (तस्बिरहरु)

माङ्सेबुङ्ग । इलामको माङसबुङ गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था बुझ्न र सुझाव लिन स्थलगत रुपमा अनुगमन सुरु गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईको नेतृत्वमा विद्यालय र स्वास्थ्य संस्थाहरुको स्थलगत रुपमा नै अवलोकन, अनुगमन र सुपरिवेक्षण गरी सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।

गाउँपालिकाभरीका विद्यालय र स्वास्थ्य संस्थाहरुमा गरिने छलफल कार्यक्रम मंगलबार वडा नम्बर ६ का ४ वटा बिध्यालय र १ स्वास्थ्य चौकीको अनुगमन गरिएको छ। गाउँपालिका अध्यक्ष राईसहित उपाध्यक्ष विनोद नेम्बाङ, ६ नम्बर वडा अध्यक्ष प्रदिप साम्पाङ, ४ का वडाध्यक्ष नविन योङ्हाङ्ग, प्रमुख प्रशासकिय अधिकृत बिनोद चौहान, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडालगायतको, शिक्षा समितिका सदस्य मित्र कुमार खड्का, मदन राई, कार्यपालिका सलस्य प्रमिला धमला, नेपाल पत्रकार महासंघ इलाम शाखा कार्यसमिति सदस्य बालकृष्ण बस्नेत लगायतको टोलीले अनुगमन गरेको थियो ।

स्थानीय पालिकाले विद्यालयको अनुमगन गरेको प्रति विद्यालयका प्रधानाध्यापकहरुले पनि खुशि व्यक्त गरेका छन् । बिगतका दिनमा अनुगमन नआउने गरेको र यस पटक आउँदा खुशि भएका जयस्वरी आधारभुत विद्यालयका प्रधानाध्यापक तुल बहादूर कार्कीले बताए ।


टोलीले आधारभुत र माध्यामिक विद्यालय र स्वास्थ्य संस्थाको अवलोकन, अनुगमन, सुपरिवेक्षण एवम् छलफल गरेको छन्। अध्यक्ष राईले अनुगमनका क्रममा दिवा खाजाको अवस्था ,बनाउने ठाउँ ,त्यसको मिति समेत हेरेका छन् भने दैनिक तालिका बनाएर सन्तुलित रूपमा खुवाउन बिध्यालयलाई निर्देशन दिएका छन्।

वडा नम्बर ६ का प्रत्येक विद्यालयका प्रधानाध्यापक, ब्यबस्थापन समितिका पदाधिकारि र अनुगमन टोलि बीच विद्यालयको अवस्था बिध्याथी संख्या,बिध्यालयको भौतिक अवस्थाका साथै शैक्षिक गुणस्तर का बारेमा छलफल गरेका छन्। सो छलफल प्राप्त सुझावलाई गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा समेट्ने गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार