Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अन्तुका पर्यटकियस्थलमा लोभिएका पर्यटक

अन्तुका पर्यटकियस्थलमा लोभिएका पर्यटक

  • ग‌गा पराजुली
  • मंगलबार, पौस २५ २०७४


अन्तुका पर्यटकियस्थलमा लोभिएका पर्यटक

इलाम । गाउँघरकै उत्पादनको स्वाद र होमस्टेमा गरिने आतिथ्य सत्कारसँगैको बासले इलामको अन्तु पर्यटकीय क्षेत्रमा पर्यटक लोभिन थालेका छन् । हरेक वर्ष पर्यटकको हजारौ पर्यटकलाई आनन्दित बनाउने अन्तुलाई गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि अन्तुमा नेपाल र भारतका पर्यटक आउने क्रम बढेको हो ।
सूर्योदयसँगै थुम्काथुम्काको चियाबारीमा रमाउन अन्तु पुग्ने पर्यटकको संख्या १० वर्ष अघि दैनिक १०÷२० मात्रै थियो । पर्यटक आकर्षणका लागि २०६० सालदेखि निरन्तरको प्रचारप्रसारपछि यस वर्षको कात्तिकमा अन्तुले एकैदिने ७ हजार पर्यटकलाई स्वागत गर्यो ।
अन्तुबाट देखिने सूर्योदय, अनेकौ हिमश्रीङ्गखला, आधुनिक कृषि प्रणालीसँगै छिमेकी भारतका दृश्य र आतिथ्य सत्कारले अन्तुले अफ सिजनमा पनि दैनिक ५ सय पर्यटकलाई स्वागत गर्छ । गाउँघरकै उत्पादनको स्वाद र होमस्टेमा गरिने आतिथ्य सत्कारसँगैको बासले अन्तुमा हरेक वर्ष पर्यटकको संख्या बढ्दै गएको अन्तु पोखरी डुङ्गा संचालक खगराज घिमिरले बताए ।


अन्तुमा पुग्ने पर्यटकको स्वागतका लागि ४५ वटा होमस्टेसँगै होटल र कटेज छन् । पर्यटकको संख्या बढ्दै गएपछि पोखरा, काठमाडौँ र स्थानीय पर्यटन व्यवसायीले जग्गा लिजमा लिएर आधुनिक सुविधाकज होटल तथा लज बनाउने क्रमपनि बढेको छ । चियाको चुस्कीसँगै गाउँमा उत्पादन भएका मकै, फापर, कोदोका परिकारले अन्तुमा पर्यटकको मन लोभ्भिएको होमस्टे धनकुमाुर आलले बताए ।


सूर्योदय नगरपालिका ५ मा रहेको अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा रहेको छ । नेपालको पूर्वी नाका पशुपतिनगर र फिक्कलबाट १४ किलोमिटर यात्रामा पुगीने अन्तुलाई २०४३ दिपेन्द्र शिखर नामाकरण गरिएको थियो । हजारौ पर्यटकलाई आनन्दित बनाउने अन्तुलाई गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि अन्तुमा नेपाल र भारतका पर्यटक आउने क्रम बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार