आमचोक । इलामको फाकफोकथुम गाउँपालिकामा स्त्री रोग, आँखा परिक्षण र अपाङ्ता परिचयपत्र वितरण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा भएको उक्त शिविरबाट ३ सय ९७ जनाले सेवा लिएका छन ।
जसमा ५३ जनालाई अपाङ्ता परिचयपत्र वितरण २ सय ५७ जनाले आँखाको उपचार र स्त्री रोग सम्बन्धी ८७ जनाले सेवा लिएको शिविर सञ्चालक संयोजक माधव प्रसाद दहालले जानकारी दिए ।
स्त्री रोग सम्बन्धी उपचारमा आङ खसेका दुईजनालाई रेफर गरिएको दहालले बताए । गाउँपालिका अध्यक्ष दीपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा डा प्रभु शाहले स्वास्थ्य परिक्षण गरेका थिए ।