Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

केचनाबाट कंचनजंङ्घा जोड्ने पदमार्ग निर्माणमा जोड हुन्छ : विश्वप्रकाश सर्मा

केचनाबाट कंचनजंङ्घा जोड्ने पदमार्ग निर्माणमा जोड हुन्छ : विश्वप्रकाश सर्मा

  • अशोक मिश्र
  • शुक्रबार, बैशाख २२ २०८०


केचनाबाट कंचनजंङ्घा जोड्ने पदमार्ग निर्माणमा जोड हुन्छ : विश्वप्रकाश सर्मा

काठमाडौँ । नेपाली काग्रेसका महामन्त्री विश्वप्रकास सर्माले झापाको केचनादेखि ताप्लेजुङ्गको कंचनजङ्घा जोड्ने पदमार्ग निर्माणमा पहल गर्ने बताएका छन् । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि काठमाडौँ आइपुगेको जनप्रतिनिधिको टोलिसँगको भेटमा महामन्त्री सर्माले नेपालको होचो भु–भाग केचनाबाट कंचनजङ्घा जोड्ने पदमार्गले प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने बताए ।


केचनाबाट झापाको बाहुनडाँगीहुँदै इलामको कन्याम अन्तु पशुपतिनगरहुँदै सन्दकपुर जोड्ने पदमार्ग प्रथम चरणमा निर्माण गर्न सरकारको ध्यानआकर्षण गर्ने उनले बताए । सन्दकपुरबाट पाँचथरको फालोट तिम्मुङपोखरी हुँदै कंचनजंङ्घा पदमार्ग निर्माण गरि देश विदेशका पर्यटकहरुको भ्रमण गराउन सकिने महामन्त्री सर्माको भनाइ थियो ।
पर्यटन प्रवद्र्धनका लागि स्थानीय प्रदेश र संघीय सरकारका जनप्रतिनिधि एक ठाउँमा उभिए मात्रै विकास हुने भएकाले आफु ५ वर्ष सबै तहका जनप्रतिनिधिहरुसँग छलफल गरि कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न पहल गर्ने बताए । महामन्त्री निर्वाचित भएपछि इलामको सन्दकपुर ३ स्थित सहिद भुमि सातखाल्डे पुगेका सर्माले पार्टीको राजनीतिक गतिविधि नभएपनि आफु इलामको शिर सन्दकपुर भ्रमण गर्ने प्रतिवद्धता जनाए ।
इलामको शिर सन्दकपुर मुहान क्षेत्र रहेको कनकाई माई नदीले झापाका सयौँ हेक्टर जमिन सिँचाई गर्न मात्रै हैन देशको उर्जा संकटमा सहयोग पुगेकाले मुहान क्षेत्रको वृक्षारोपण गरि संरक्षणमा वन मन्त्रालयमा आफु पहल गर्ने बताए । सन्दकपुर गाउँपालिकाको पर्यटकीय संभावना भएका क्षेत्रको प्रवद्र्धन गर्न तयार भएको फोटो बुक महामन्त्री सर्मालाई सन्दकपुर गाउँपालिकाको टोलीले हस्तान्तरण गरेको थियो ।

सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि वडाध्यक्षहरु सनम राई, यज्ञहादूर गुरुङ्ग, लिल बहादूर बुर्जा, चन्द्र पौडेलल, अशोक मिश्र लगायतको टोली महामन्त्री सर्मालाई भेट्न पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार