नयाँबजार । माईजोगमाई अध्यक्ष कपको उपाधि इलाम नगरपालिकाले जितेकाे छ । फाइनलमा फाकफाेकथुम गाउँपालिकालाई टाईब्रेकरमा हराउदै इलामले उपाधि जितेकाे हाे । निर्धारित समयमा दुवै टाेलीबाट १/१ गाेल भएपछि टाईब्रेकरबाट उपाधि छिनाेफानाे भएकाे हाे । टाईब्रेकरमा इलामले खेल ३-० ले जित्याे ।
उपाधिसंगै इलामले २ लाख १० हजार प्राप्त गर्न सफल रहयाे । उपविजेता फाकफाेकथुमले १ लाख २० हजार प्राप्त गर्याे । खेलको म्यान अफ दि म्याच ईलाम नगरपालिकाका गाेलरक्षक विवेक मगर घोषित भए ।
प्रतियाेगिताका उदियमान खेलाडी माईजोगमाईका उज्वल थेवे,सर्वाधिक गोलकर्ता माईजोगमाईका निशान राई, उत्कृष्ट डिफेन्डर फाकफोकथुमका तारा लिम्बू र उत्कृष्ट गाेलरक्षक इलामका विवेक मगर घाेषित भए । सर्वोत्कृष्ट खेलाडी ईलामका बिनोद धमला घाेषित भए ।
समापन समाराेहमा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतको प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा इलाम नगर प्रमुख केदार थापा, उपप्रमुख बिष्णु दाहाल, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल उपाध्यक्ष कल्पना राई सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीकाे बिशेष आतिथ्यता रहेकाे थियाे ।
माईजोगमाई गाउँपालिका खेलकुद परिषदको आयोजनामा भएको खेलमा इलामकाे १० वटा पालिकाको सहभागिता रहेको थियो । माईजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फूटबल प्रतियोगिताको अवसरमा सिरिसे माध्यमिक बिद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा सनिता राईलाई नगद रु १५ हजार १०० र प्रशंसा पत्र सहित गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले पुरस्कृत गरे ।
राईले रास्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरिय १५००/३००० मिटर दौड प्रतियोगितामा २ स्वर्ण र कोशी प्रदेश स्तरिय ३००० मिटर दौड प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी थिइन् ।