माई । इलामकाे माई नगरपालिकाकै नमूना विद्यालय बन्दै गरेको कन्काई माविमा कक्षा नर्सरी देखी कक्षा–६ सम्म अग्रेजी माध्यमबाट वालमैत्री पठनपाठन शुरु भएको छ।
बालमैत्री वातावरण अध्ययन अध्यापन शुरु भएपछि नीजि अग्रेजी बिद्यालयमा रहदै आएको बिद्यार्थीहरु सामुदायिक विद्यालय कन्काई माविमा भर्ना गर्न आउन थालेको स्थानीय कृष्ण खाकीले जानकारी दिए । कन्काईमै प्राबिधिक शिक्षा अन्तर्गत कक्षा ९ देखि १२ सम्म कम्युटर ईन्जिनियर समेत शुरु गरिएको छ।
यस आर्थिक वर्षमा कक्षा ९ वाट कम्प्युटर इन्जिनियर शुरु गरिने प्रधानाध्यापक हरि प्रसाद पौड्यालले बताए। उनले कम्युटर इन्जिनियर पढाईका लागि ब्यवस्थित भवन निर्माणका लागि माई नगरपालिकामा प्रस्ताव गरिएको जानकारी दिए। माई नगरपालिका भित्रकै पहिलो प्राविधिक धारको शिक्षा शुरु गरिएको कन्काई मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु माया आचार्यले जानकारी दिइन ।
प्रविधिक शिक्षालय र बालमैत्री पठनपाठन सुरु भएपछी स्थानीय अभिभावकहरु माईमा शैक्षिक रुपान्तरणमा उल्लेखनीय प्रगति भएको भन्दै हर्षित भएका छन्। यता गरुवा वहुमुखी क्याम्पस माईमा स्नातक तहमा निःशुल्क पठनपाठनलाई यस आर्थिक वर्षमा पनि निरन्तरता दिईएको छ ।
शिक्षाशास्त्र अन्तरगत ४ बर्षे स्नातक तहमा आर्थिक वर्ष २०७७–२०७८ देखि मासिक शुल्क निशुल्क गरिएको स्वतन्त्र विद्यार्थी युनियन गरुवा वहुमुखी क्याम्पसका सभापति गोपाल आचार्यले जानकारी दिए । तत्कालिन नगरसभाबाट निर्णय गरी माई नगरपालिकाले प्रत्येक वर्ष २० लाख रुपैयाँ बिनियोजन गरी बिद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिएको छ। गरुवा वहुमुखी क्याम्पसमा तीन सय विद्यार्थी अध्ययनरत छन्।