Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणको माग सहित सन्दकपुर गाउँपालिकाको टोली राजधानीमा (तस्बिरहरु)

पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणको माग सहित सन्दकपुर गाउँपालिकाको टोली राजधानीमा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, बैशाख १९ २०८०


पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणको माग सहित सन्दकपुर गाउँपालिकाको टोली राजधानीमा (तस्बिरहरु)

काठमाडौँ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडा सहित दर्जनौ पर्यटकीयस्थल रहेको इलामको सन्दकपुर गाउँपालिकाको जनप्रतिनिधिको टोली काठमाडौँमा छ । गाउँपालिकाको अर्थतन्त्र विकास र रोजगारीको अवसर कृषि, पशुपालन र पर्यटन प्रवद्र्धनबाट गर्ने निति लिएको पालिकाले पर्यटन प्रवद्र्धनसँगै पूर्वाधार निर्माणका योजनाहरुको मागसहित राजनीतिक दलका नेता, संघीय मन्त्री र विभिन्न व्यक्तिहरुसँग भेटघाटमा व्यस्त रहेको हो ।


सन्दकपुर गाउँपालिकाका वडाअध्यक्षहरु सनम राई, लिलबहादुर बर्जा र यज्ञबहादुर गुरुङ्ग सहितको टोलीले सभामुख देवराज घिमिरे, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ्ग, कृषि तथा पशुपक्षि मन्त्री बेदुराम भुषाल, सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीसँग भेट गरि अन्तरक्रिया गरेको हो ।


सन्दकपुर गाउँपालिकाको जनप्रतिनिधिको टोलीले कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर भ्रमणको निम्तो सहित फोटो बुक हस्तान्तरण गरेको थियो । जनप्रतिनिधिको टोलीसँगको अन्तरक्रियामा सभामुख देवराज घिमिरेले इलामको पर्यटन र पूर्वाधार विकासका लागि आफुले सँधै सहयोगी भुमिका खेल्ने बताए । सभामुख घिमिरेले भने–‘मैले इलाममा बसेर धेरै राजनीतिक गतिविधि गरेको छु, त्यसैले इलाम जिल्लाको विकास र सवृद्धिका लागि निरन्तर सहयोग गर्नेछु ।’ राजनीतिमा इलाममा सक्रिय हुँदा इलामको शिर सन्दकपुर पनि पुगेकाले त्यहाँको पर्यटन विकासका लागि आफ्नो तर्फबाट सरकारलाई ध्यानआकर्षण गर्ने बताए ।


जनप्रतिनिधिको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती र राज्यमन्त्री शुसिला सिर्पाली ठकुरीसँग अन्तरक्रिया गरेको थियो । टोलीले मन्त्री किराँती र राज्यमन्त्री सिर्पालीलाई इलामको सन्दकपुर भ्रमणको निम्तोसँगै आगामि आर्थिक वर्षमा समावेस गर्नुपर्ने योजनाहरुको मागपत्र हस्तारन्तरण गरेको थियो । जवाफमा मन्त्री किराँतीले सन्दकपुरको पर्यटन विकासका लागि आवश्यक पूर्वाधारका योजनाहरु क्रमागत रुपमा संचालनका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै राज्यमन्त्री सिर्पालीले नेपाल पर्यटन बोर्ड र पर्यटन विभागसँग छलपल गरि पर्यटन प्रवद्र्धनका काम प्राथमिकताका साथ गर्ने बताइन् ।


जनप्रतिनिधिहरुको टोली पशुपक्षि तथा कृषि मन्त्री बेदुराम भुषालसँग भेटघाट र अन्तरक्रिया गरिएको थियो । मन्त्री भुषाललाई सन्दकपुर गाउँपालिकाको कृषि र पशुपालनका क्षेत्रमा आगामि आर्थिक वर्षको बजेटमा सम्बोधन गर्ने बताए । उनले भने अहिले पशुपालनमा देखिएको रोग नियन्त्रणका बारे इलाममा पनि पशु डाक्टरहरुको टोली खटाइएको जानकारी दिए । जनप्रनिधिको टोलीले संविधानसभाका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का संघीय सासंद सुवासचन्द्र नेम्बाङसँग भेटेर इलाम जिल्ला र सन्दकपुर गाउँपालिकाको विकासका संभावनाबारे छलफल गरेको थियो ।

छलफलमा सन्दकपुर गाउँपालिकामा निर्माण हुँदै गरेको रेडपाण्डा प्रजनन् केन्द्र संचालन, माईपोखरी सन्दकपुर सडक स्तरउन्ती, सातखाल्डे खेलमैदान, गजाधर धनमाया रङ्गशाला निर्माण, माईपोखरी क्रिधार्मिकस्थल निर्माण लगायतका योजनाहरुका बारेमा बजेट बिनियोजनका लागि पहल गर्न आग्रह गरेको थियो । टोलीले इलामको उत्तरी क्षेत्रको वन सरक्षणका आधारीत पर्यटन प्रवद्र्धनको आयोजना संचालन गर्न पहल गरिदिन आग्रह गरिएको थियो । जवाफमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आफु इलामको समग्र विकासका लागि पहल गर्ने र सन्दकपुर गाउँपालिकाको पर्यटन विकासमा अझ सक्रिय भएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


टोलीले सन्दकपुरको पर्यटन प्रवद्र्धनमा भिडियो डकुमेन्ट्रि प्रशारणमा सहयोग गर्दै आएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग साह, नेपाल पत्रकार महासंघ, प्रेश काउन्सिल नेपाल, सुचना प्रकाशन र प्रशारण विभाग, न्युनतम पारिश्रमिक निर्धारण समिति, इलामको टि टुरिजमको विकासका संस्थापक युवराज गौतमसँग छलफल गरेको थियो । छलफलका क्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग साहले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि नेपाल टेलिभिजन अझै सहयोग गर्न तयार रहेको बताए ।


छलफलका क्रममा नेपाल टेलिभिजनका समाचार महाशाखा प्रमुख पुष्षहरि क्याम्पा राईले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि समाचार, भिडियो डकुमेन्ट्री प्रकाशन र प्रशारण गरेर सहयोग गर्ने बताए । छलफलका क्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सिलवालले नेपाली पत्रकारहरुको छाता संगठन भएका हिसाबले पर्यटन प्रवद्र्धनका लागि तयार रहेको बताए ।


यस्तै प्रेश काउन्सिलका प्रमुख प्रशासकिय अधिकृत झवेन्द्र भुषालले सन्दकपुर गाउँपालिकासँगको सहकार्यमा पर्यटन प्रवद्र्धन हुने गरि बोर्ड बैठकको आयोजना गर्ने बताए । त्यस्तै सुचना प्रकाशन तथा प्रशारण विभागका महानिर्देशक शकंर नेपालले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि सुचना प्रकाशन तथा प्रशारण विभागले प्रकाशन गर्ने फोटोबुकमा इलामको पर्यटकीय क्षेत्र सन्दकपुरका फोटाहरुलाई प्राथमिकता दिने र वेवसाइटहरुमा पनि समावेश गरि प्रवद्र्धन गर्ने बताए ।

त्यस्तै न्युनतम पारिश्रमीक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, इलामको टि टुरिजमको विकासका संस्थापक युवराज गौतम, इलामका पूर्व स्थानीय विकास अधिकारी भुपराज राई, युवा संघ नेपालका प्रवक्ता उप–महासचिव संजिव राईसँग समेत अन्तरक्रिया गरेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार