Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रतिवद्धता

सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रतिवद्धता

  • सुजन तिमल्सिना
  • सोमबार, बैशाख १८ २०८०


सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डको प्रतिवद्धता

काठमाडौँ । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर डाँडासँगै गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डसँग छलफल सम्पन्न भएको छ ।
सन्दकपुर गाउँपालिकाबाट वडाध्यक्ष सनम राई, लिलबहादुर बुर्जा र यज्ञबहादूर गुरुङ्गसहितको टोलीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी प्रमुख धनन्जय रेग्मी र पर्यटन बोर्डका सदस्य सहितको टोलीसँग गाउँपालिकाको पर्यटन प्रवद्र्धनबारे छलफल गरेको हो ।


छलफलको क्रममा सन्दकपुर गाउँपालिकाले निर्माण गरेको फोटो बुक वडाध्यक्षहरुबाट हस्तान्तरण गरिएको थियो । बुक हस्तान्तरण पछि सन्दकपुर गाउँपालिकाको टोलीले सन्दकपुर गाउँपालिका भित्रका पर्यटन प्रवद्र्धनका लागि आवश्यक विभिन्न प्रकारका १० वटा तालिम आयोजना गरि सहयोग गर्न आग्रह गरेको थियो ।

जवाफमा पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले पर्यटन प्रवद्र्धनका लागिका आवश्यक तालिमहरु नियमति रुपमा गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन बोर्डले रामसार क्षेत्र माईपोखरी हुँदै छिन्टापु, सन्दकपुर हुँदै ढाप पोखरी जोड्ने पदमार्गमा प्रवद्र्धनका लागि आफै पदयात्रा गरि देश विदेशमा प्रचार गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार