Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम ट्राफिकमा राडर गन र भिआईपि स्कटिङ्ग माेटरसाइकल

इलाम ट्राफिकमा राडर गन र भिआईपि स्कटिङ्ग माेटरसाइकल

  • सन्देश सम्बाददाता
  • शनिबार, पौस २२ २०७४


इलाम ट्राफिकमा राडर गन र भिआईपि स्कटिङ्ग माेटरसाइकल

इलाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारीसाधनको गति नाप्ने राडर गन र भिआईपि स्कट्रिङ्ग माेटरसाइकल प्राप्त गरेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरी सुनसरीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई गन र माेटरसाइकल प्राप्त पछि प्रयोग शुरु भएको हो ।

सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले राडर गन बाट गति मापन गरी कारबाही लाई तिब्र गतिमा सवारीसाधन कुदाउन चालकलाई कारबाहि शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख पदम राईले बताए । एक साता अघि प्राप्त राडर गन इलामको सदरमुकाम क्षेत्रमा प्रयोग गरि सवारीसाधनको गति मापन गरिँदै आएको उनले बताए ।

ईलाम बजार क्षेत्रमा अधिकतम भन्दा बढी गतिमा सवारी चलाउने ३० जना चालकहरुलाई राडर गन बाट गति मापन गरी कारबाही समेत गरिएको ट्राफिक प्रहरी कार्यालयका हवल्दार रिद्धि खनालले बताए । राडर गनले तिब्र गतिमा सवारीसाधन गुडाएको थाहा दिएमा सावारीचालकलाई कारबाही स्वरुप पाँच सय रुपैँया राजश्व काटिने गरिएको छ ।

यस्तै भिआईपी सवार हुँदा राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि सेतो मोटरसाइकल पनि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले इलाम ट्राफिकलाई प्रदान गरेको छ । सो मोटरसाइकल सरकारी उच्च ओहोदाका व्यक्ति आउँदा प्रयोग गरिँदै आएको ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार