फिक्कल । सन्दकपुर गाउँपालिकालाई हराउँदै घरेलु टोली माईजोगमाई गाउँपालिका अध्यक्ष कप फुटबलको सेमीफाइनल प्रवेश गरेको छ । आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा माईजोगमाईले ४–१ गोल अन्तरको जित निकालेको हो । माईजोगमाईको जितमा लकुश राई र निशान राईले समान २/२ गोल गरे ।
सन्दकपुरमा पेम्वा गुरुङले सान्तवना गोल फर्काए । खेलको म्यान अफ दि म्याच निशान राई घोषित भए । जितसंगै माईजोगमाईले फाकफोकथुम गाउँपालिका र माई नगरपालिकाको बिजेतासंग बैशाख १६ गते खेल्ने छ । दोश्रो क्वाटरफाइनल खेलमा बुधबार इलाम नगरपालिका र चुलाचुली गाउँपालिका भिड्नेछन् ।