Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया दिवस तीन दिन मनाइने

चिया दिवस तीन दिन मनाइने

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख १२ २०८०


चिया दिवस तीन दिन मनाइने

इलाम । हरेक वैशाख १५ गते सरकारले राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । यसवर्ष पनि ‘चिया चार्ड’ का रुपमा तीन दिनको कार्यक्रम तय गरिएको जनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजनामा वैशाख १५, १६ र १७ गते चिया दिवस मनाउने तयारी गरिएको वोर्डले जनाएको छ । यसवर्ष चिया दिवसको काठमाडांैमा उद्घाटन पछि इलाममा ‘टी टेस्टिङ’को कार्यक्रम तय गरिएको कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

इलाममा गर्ने तय भएको टी टेस्टिङ कार्य चिया उद्योगी, चिया सहकारी र किसानहरुका लागि महत्वपूर्ण हुने केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राई बताउँछन् । ‘विदेशी वायरहरु टी टेस्टिङका लागि इलाम सम्म आइपुग्छन् । उनीहरुले चियाको उत्पादन चियाको बोट देखि प्याकेजिङ सम्मका कामहरु आफ्नै आँखाले देख्न पाउँछन् ।’

महासचिव राईले भने ‘त्यतिमात्र होइन विदेशीहरुले चियाको बोटमै पुगेर हरियो पत्ती टिप्न रुचाउने गरेकाले पनि किसानले उत्पादन गरेको अर्गानिक चियाको अवसर निकै महत्वपूर्ण छ ।’ त्यसो त चिया बिक्रीको महत्वपूर्ण पाटो टि टेस्टिङ एक हो । निश्चित समय र तापक्रममा तयार गरिएको पिउन योग्य चियाको स्वाद र वास्नानै विदेशीले चाख्ने हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार