Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किसान बगानमा काँटछाँटमा, उद्यमी मेसिन मर्मतमा

किसान बगानमा काँटछाँटमा, उद्यमी मेसिन मर्मतमा

  • सुजन तिमल्सिना
  • शनिबार, पौस २२ २०७४


किसान बगानमा काँटछाँटमा, उद्यमी मेसिन मर्मतमा

इलाम । बगानमा हरियो चियापत्तीको मुना पलाउन छाडेपछि इलामका किसानले चियाको काँटछाँट शुरु गरेका छन् । घरेलु हतियारले काँटछाँट हुँदै आएको चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएपछि बगानमा काँटछाँटमा मेसिनको प्रयोग समेत शुरु भएको छ ।
बगानमा हरियो चियापत्तीको मुना पलाउन छाडेपनि सूर्योदय नगरपालिका इलामका ओमप्रसाद दुलालको व्यस्तता चियाबारीमा नै छ । छिमेकी सागर पराजुलीको दैनिकी पनि उस्तै छ । २०७३ चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पुयाउन खटेका कृषक यति बेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम सुरु गर्नुपर्छ ।

चिया टिपाइ सकिएपछि किसानले चिया रोपणको वर्षका आधारमा स्कीप, डिप र पुनिङ्ग गर्दै काँटछाँट गर्दै आएका छन् । चियाको सिजन सकिएपछि नयाँ उत्पादनका लागि किसानले जमिनको सतहबाट १२ देखि १४ इन्चसम्म काँटछाँट गर्दै आएक हुन् । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट ६ सेन्टिमिटरमा अर्को कटाइ हुने गरेको छ ।
चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएपछि इलामका चिया बगानमा काँटछाँटमा पनि मेसिनको प्रयोग हुँदै आएको छ । चिया पत्तिको उत्पादन नभएपछि चिया उद्योगीले कारखानाको मेसिन मर्मत गर्दै आएका छन् ।
चैतदेखि निरन्तर सञ्चालनमा रहेका चिया कारखानाहरूले सबै मेसिनरी सामानको चाँच गर्ने,सामग्री थपघट गर्ने र दाउराको जोहो गर्दै आएका छन् । इलाममा सात हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा लगाइएको चिया जिल्लाका एक सय बढी चिया उद्योग प्रशोधन भइ बार्षिक ४८ लाख ६३ हजार २ सय ५२ केजि तयारी चिया बन्दै आएको छ । इलाममा उत्पादन भएको चिया ८० प्रतिशत बढी भारत निर्यात हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार