Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम सन्दकपुर महोत्सवमा आज प्रताप दास आउँदै

प्रथम सन्दकपुर महोत्सवमा आज प्रताप दास आउँदै

  • किरण राई
  • शुक्रबार, बैशाख ८ २०८०


प्रथम सन्दकपुर महोत्सवमा आज प्रताप दास आउँदै

सन्दकपुर : प्रथम सन्दकपुर महोत्सव अन्र्तगत आज चर्चित गायक प्रताप दासको प्रस्तुती रहनेछ । इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा जारी महोत्सवको चौथो दिन दासको प्रस्तुती रहने सांस्कृतिक विभाग संयोजक मन थुलुङले जानकारी दिए ।

नेपाल आइडल सिजन १ को सेकेन्ड रनअप दासले हर युग होस प्रेमको गितको, फोटो फिरीमा, माया तिमिसंगै साटियो की, आज गाउँ तिम्रो लागि एउटा गित, फुल हैन काँडै काडा हिडौला, मोटरसाइकल घुम्नलाई जाउँ कान्छी बुलेट बाइकमा लगायत २ दर्जन भन्दा बढि गितमा स्वर दिएका छन् ।

देश विदेशका विभिन्न स्थानमा हुने कन्सर्टमा दासको क्रेज देखिएको छ । उनले सन्दकपुर गाउँपालिकामा छायांकन भएको म्युजिकल फिल्म बाफमा समेत अभियन गरिसकेका छन् । त्यस्तै युनिक डान्स सेन्टरको प्रस्तुती समेत रहनेछ ।

बिहिबार देउराली बजारमा गायक डम्बर नेपालीले प्रस्तुती दिए । तिम्रो पाउजु बजेर, कि जंगे रेलमा कि जंगे जेलमा, बिग्रेको मान्छे म लगायतका आफ्ना गितहरु सुनाए । गायक एवम संगितकार भुपेन्द्र राईले सेक्सोफोनका धुनसंगै माइपोखरी नवौ कुना लगायतको गितहरु सुनाए ।

इलाम ताराको फाइनलिष्ट यशोदा बुर्जाले समेत प्रस्तुती राखिन् । युनिक डान्स सेन्टरबाट समेत नृत्य प्रस्तुत भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार