सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर डाँडा लगायत दर्जनौ पर्यटकीयस्थल रहेको इलामको सन्दकपुर गाउँपालिकाको फोटो बुक बिमोचन गरिएको छ । सन्दकपुर डाँडा नेपालका पर्यटकीयस्थलहरुमध्ये सन्दकपुर घुम्नैपर्नै पर्यटकियस्थलमा घोषित भएको छ ।

पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्ने उदेश्यले पर्यटकीयस्थल, धार्मिकस्थल, आदिवासी जनजातिको सस्कृति, गाउँपालिका भित्र पाइने जडिबुटि, लोपउन्मुख वन्यजन्तु, चराहरु लगायतको फोटो समावेश गरि छपाई गरिएको फोटो बुक प्रथम सन्दकपुर महोत्सवको अवसरमा विमोचन गरिएको हो । सन्दकपुर गाउँपालिका भित्रको समग्र बिषयबस्तु फोटोबाट प्रचारप्रसार गर्न तयार भएको फोटो बुकको कोशी प्रदेशका प्रदेश प्रमुख परसुराम खापुङ्गले विमोचन गरेका हुन् ।

फोटो बुकको अनावरण गर्दै प्रदेश प्रमुख खापुङ्गले सन्दकपुर गाउँपालिकाले गरेको ऐतिहासिक दस्ताबेज निर्माणको काम प्रदेश र देशका लागि पनि सिकाईको काम भएको बताए । फोटो बुकमार्फत यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो सहयोग पुग्ने उनले बताए । पर्यटन फोटो बुक २ सय ४ पेजको रहेको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिृकत महेश राईले बताए ।

प्रधानमन्त्री, पर्यटनमन्त्री, प्रदेश प्रमुख प्रदेशका मुख्यमन्त्री, इलामका प्रदेश,संघीय सासंद लगायतको सुभकामना सन्देश समावेश भएको फोटोकुब ५ सय प्रति छापिएको सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । सन्दकपुर गाउँपालिका भित्र रहेका फोटोहरुको संकलन इलामका फोटो पत्रकार सुजन तिमसिनाले गरेका थिए । विमोचन भएको फोटोबुक अतिथिहरुलाई उपाहार सहित हस्तान्तरण गरिएको थियो ।
