सन्दकपुर । इलाम क्षेत्र नम्बर १ का संघीय सासंद महेश बस्नेतले युवाहरुलाई सिर्जनात्मक रुपमा अघि बढाउनका लागि तीनै तहका सरकार सहकार्य गरि युवामैत्री काम गर्नुपर्ने बताएका छन् । देशमा युवाको शक्ति सहि ढंगले परिचालन गरेमा मात्रै विकास र सवृद्धितर्फ अघि बढ्ने भएकाले विकास निर्माणमा तीन तहका सरकारको योजना र कार्यान्वयनमा सहकार्य हुनुपर्ने बताएक हुन् । तेस्रो सन्दकपुर गोल्डकपको समापनका अवसरमा मन्तव्य राख्दै सासंद महेश बस्नेतले खेलकुदका माध्यमबाट पनि युवाहरुमा भएको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने बताए ।
उनले भने– कोरोना माहामारीका कारण विगत ३ आर्थिक वर्ष देश ठप्प भयो, त्यसले युवाहरुको क्षमता विकासमा पनि अवरोध भएपनि अब वातावरण सहज बन्दै गएकाले निरन्तर रचनात्मक काम गर्नुपर्छ । युवाहरुलाई सिर्जनात्मक बनाउने, राष्ट्रप्रति जिम्मेवार बनाउने र राष्ट्रको नेतृत्वमा पुर्याउनका लागि हामीले अन्र्तनिहित क्षमता विकासका लागि हामीले आगन बनाउनपुर्छ सासंद बस्नेतले भने–हामी तीनै तहका सरकारहरु एक आपसमा एक भएर काम गर्यौ भने असम्भव भन्ने केहि हुँदैन ।
