Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बुट्टाबारीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का

बुट्टाबारीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का

  • किरण राई
  • सोमबार, चैत्र २७ २०७९


बुट्टाबारीको जितसंगै सेमीफाइनल भिड्ने टिम पक्का

सन्दकपुर । बुट्टाबारी युनाइटेडको जितसंगै तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइनल समिकरण पुरा भएको छ । सन्दकपुर—३ देउराली स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा गत संस्करणको उपविजेता रेडहर्स फुटबल क्लबलाई १—० गोल अन्तरले हराउँदै बुट्टाबारीले अन्तिम ४ मा स्थान बनाएको हो ।

बुट्टाबारीको जितमा निरोज कार्कीले निर्णायक गोल गरे । उनले खेलको २४ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित हुँदै नगद २ हजार प्राप्त गरे । जितसंगै बुट्टाबारीले विर्तामोड युनाइटेडसंग आगामी चैत्र २९ गते भिड्नेछ ।

प्रतियोगिताको पहिलो सेमीफाइनलमा मंगलबार दमक फुटबल एकेडेमी र फिक्कल युनाइटेड भिड्दैछन् । दमकले आयोजक देउराली स्र्पोटिङ क्लबलाई हराउँदै सेमीफाइनल पुगेको हो । फिक्कलले सुनाकोठी एफसी ललितपुरलाई हराएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार