Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

ताप्लेजुङलाई हराउँदै विर्तामोड सेमीफाइनल प्रवेश

ताप्लेजुङलाई हराउँदै विर्तामोड सेमीफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २५ २०७९


ताप्लेजुङलाई हराउँदै विर्तामोड सेमीफाइनल प्रवेश

सन्दकपुर । नवप्रयास युवा क्लब ताप्लेजुङलाई हराउँदै विर्तामोड युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइलन प्रवेश गरेको छ । सन्दकपुर गाउँपालिका—३ देउराली स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा ताप्लेजुङलाई वितोडले ३—० गोल अन्तरले हराएको हो ।

पहिलो हाफमा १—० गोल अन्तरले अग्रता बनाएको विर्तामोडले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो । खेलको ५५ औ मिनेटमा सूर्य टुडुले अग्रता दोब्बर बनाए । लगतै २ मिनेटमा टुडुले व्यक्तिगत दोश्रो गोल गदैै अग्रता ३—० बनाए ।

खेलको म्यान अफ दि म्याच टुडु घोषित हुँदै नगद २ हजार प्राप्त गरे । विर्तामोडले फागुन २७ गते रेडहर्स एफसी र बुटाबारी युनाइटेड बिचको बिजेतासंग खेल्नेछ । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सुनाकोठी एफसी ललितपुर र युनाइटेड फिक्कल बिच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार